कांग्रेस शीर्ष नेतासँगकाे भेटमा के भनिन् राष्ट्रपतिले ?

काठमाडौँ, ८ पुस -प्रधानमन्त्रीसहित कांग्रेसका शीर्ष नेताहरूले शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । राष्ट्रिय सभा पहिले गठन नगर्ने हो भने सबै दलबाट ३३ प्रतिशत महिलाको प्रतिनिधित्व संघीय संसद्मा नहुने कांग्रेसको दाबी छ नयाँ पत्रिकाका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेशमा दलीय धारणा बाझिएकाले सहमति जुटाएर आउन कांग्रेस नेताहरूलाई सुझाब दिएकी छिन् । ‘अहिलेसम्म तपाईंहरूले सहमतिबाटै जटिलता फुकाउँदै आउनुभएको छ । अध्यादेशमा देखिएको फरक–फरक धारणामा पनि सहमति गरेरै आउनुस् । तपाईंहरूले जे सहमति गर्नुहुन्छ त्यहीअनुसार अघि बढ्छु,’ राष्ट्रपतिको भनाइ थियो उनले राष्ट्रिय सभासम्बन्धी अध्यादेशमा दलहरूबीच फरक–फरक धारणा आएको र व्याख्या भएकाले रोकिएको संकेत दिएकी थिइन् । आफूले एमाले र माओवादी नेतासँग छलफल गरेको बताउँदै उनले छिटै राजपा र संघीय समाजवादीसँग पनि छलफल गर्ने जानकारी दिएकी थिइन् कांग्रेस नेताको कुरा सुनेपछि राष्ट्रपतिले ‘तपाईंहरूले धेरै कुरा बुझाउनुभयो’ भन्दै एक–दुई दिन छलफल र परामर्शपछि अध्यादेशको विषय टुंगिने संकेत दिएको छलफलमा सहभागी एक नेताले जानकारी दिए । कांग्रेसका एक नेताले भने, ‘यसकारण अब अलमल नगरी अघि बढौँ भनेका छौँ । यसमा राष्ट्रपति सकारात्मक भएको पाएका छौँ । अब केही दिनमा उहाँले अध्यादेश जारी गर्नुहुन्छ । र, राष्ट्रिय सभा गठन र नयाँ सरकार गठनको बाटो खुल्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?