नाभीमा तेल लगाउँदाको यस्तो फाइदा

मानिसले बेली बटन अर्थात् नाभीको विषयमा त्यति धेरै ध्यान दिँदैनन् । तर, नाभीको वरिपरि नियमित तेल लगाउने बानीले भने मानिसलाई ठूलो फाइदा पुर्‍याइरहेको हुन्छ । सुत्नुअघि वा बिहानको समय नियमित नाभीमा तेल लगाउँदा फाइदा हुने खबर नयाँ पत्रिकामा छापिएको छ |धेरै मानिस अनुहारमा आउने कालो खटिराका कारण दिक्क हुन्छन् । यस्तो खटिरामुक्त हुनका लागि क्रिमको प्रयोगदेखि ठूलो धनराशि खर्च गरेर उपचारसमेत गराइरहेका हुन्छन् । तर, नियमित एक थोपा तेल नाभीवरिपरि दलेमा मात्र यस्तो समस्याबाट मुक्त भइन्छ भन्ने कुराचाहिँ धेरैलाई थाहा नहुन पनि सक्छ । हरेक दिन नीमको तेलले नाभीमा मसाज गरेमा केही हप्तापछि नै यस्तो समस्याबाट छुटकारा पाउन सकिन्छ । यसले अनुहारमा भएको कालो, सेतो धब्बा र दागलाई समेत हटाउने काम गर्छ अनुहारमा चमक ल्याउनका लागि पनि नाभीको भूमिका महत्वपूर्ण साबित हुन सक्छ । यदि सधैँ अनुहारलाई चम्किलो बनाउन चाहनुहुन्छ भने दैनिक रूपमा बदामको तेलले नाभी मालिस गर्न सक्नुहुन्छ जाडो मौसम आउनेबित्तिकै मानिसहरू ओठ फुट्ने समस्याका कारण हैरानी बेहोरिरहेका हुन्छन् । यसरी ओठ फुट्दा काम गर्दा र बोल्दासमेत असजिलो महसुस हुने गर्छ । यस्तो समस्याबाट छुटकारा पाउनका लागि तपाईंलाई एक थोपा सस्र्युंको तेल नै काफी बन्न सक्छ । दैनिक रूपमा सस्र्युंको तेलले नाभी मालिस गर्दा ओठको समस्या मात्र नभएर जाडोको दुखाइलाई समेत कम गर्ने काम गर्छ जाडो मौसममा छालासम्बन्धी रोगले मानिसलाई सताउने गर्छ । यस्तो मौसममा आवश्यक स्याहार नगर्दा छाला रुखो र खस्रो बन्ने, स्किन फुस्रो हुने, गाला र आँखा चाउरिने गर्छ । यस्तो समस्याबाट छुटकारा पाउनका लागि मोस्चराइजरले मात्र काम नगर्न पनि सक्छ । त्यसको विकल्पमा दैनिक सुत्नुअघि नरिवलको तेलले नाभी मालिस गर्ने बानी गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?