९ जेष्ठ २०७९, सोमवार

फैसला कार्यान्वयनका सम्बन्धमा विशेष संयन्त्र बनाउनुपर्ने

२०७४,पुष,७,शुक्रवार १५:०४

0
Shares

काठमाडौँ, ७ पुस – प्रधानन्यायाधीश गोपाल पराजुलीले कानूनको पालना नगर्नेलाई कारवाहीको दायरामा नल्याएसम्म मानवाधिकारको संरक्षण हुन नसक्ने बताउनुभएको छ ‘मानवाधिकारसम्बन्धी आदेश फैसला तथा सिफारिश कार्यान्वयनको अवस्था’ विषयमा राष्ट्रिय मानवअधिकार आयोगले आज यहाँ आयोजना गरेको छलफल कार्यक्रममा उहाँले न्यायलाई शिरोपर गर्ने सिद्धान्तको विकास नभएसम्म मानवअधिकारको संरक्षण हुन नसक्ने स्पष्ट गर्नुभयो । उहाँले परिवर्तनशील समयसँगै अपराध गर्ने शैली पनि फरक रहेकाले सोहीअनुरुप कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने बताउनुभयो राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले व्यक्तिगत र सांगठनिक रुपमा हुने सबै अपराधका घटना न्यूनीकरणका लागि आयोग सधैँ प्रतिबद्ध रहेको धारणा राख्नुभयो । न्यायाधीश वसन्त शर्माले फैसला कार्यान्वयनको सम्बन्धमा सरकारले विशेष संयन्त्र बनाउनुपर्नेमा जोड दिनुभयो कार्यक्रममा मुख्य सचिव लोकदर्शन रेग्मीले फैसला कार्यान्वयनमा सरकार प्रतिबद्ध रहने विश्वास दिलाउँदै आगामी दिनमा कार्यान्वयनको अवस्थामा वृद्धि हुने पनि बताउनुभयो ।

प्रकाशित मिति: २०७४,पुष,७,शुक्रवार १५:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । निर्वाचन आयोगले ‘स्थानीय तह निर्वाचनमा उम्मेदवार हुँदा स्वघोषणा गर्नुपर्ने व्यस्था’को शीर्षकमा २०७८ चैत्र १६ गते प्रेस विज्ञप्ति जारी

भक्तपुर । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्धमा सोमबार भक्तपुरमा विरोध प्रदर्शन गरिएको छ । जुलुस कमलविनायकबाट साँझ सुरु भएको थियो

खोटाङ । सौन्दर्य प्रतियोगितामा सहभागी युवतीलाई बलात्कार गर्ने दोषीलाई कारबाहीको माग गर्दै खोटाङको दिक्तेलबजारमा प्रदर्शन गरिएको छ । आठ वर्षअघि

नेपालगञ्ज । बाँकेमा जैविक विधिताको अवस्था अध्ययन गर्दै २२औं अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइएको छ । डिभिजन वन कार्यालय बाँकेको

ताजा समाचार