साउदीमा रहेका नेपालीको बयान : यसरी आकाशमै रोकियो मिसाइल

ध्रुवप्रसाद दाहालम विगत ३ महिनादेखि नासब कन्ट्राक्टिङ एन्ड ट्रेडिङ कम्पनीमा प्रशासकको रुपमा कार्यरत छु यसले रोयल साउदी ल्यान्ड फोर्स एभियसन कमाण्डको लागि बेसहरू बनाउने परियोनजा सञ्चालन गर्छ । यसको पर्यवेक्षण ‘युनाइटेड स्टेट्स आर्मी कार्पोफ इन्जिनियरिङ’ले गर्ने गर्दछ । म त्यसकै ‘एपाच फेज १’ परियोजनाअन्तर्गत कार्यरत छु साउदी अधिराज्य अहिले एक हिसाबले आर्थिक संकटमा छ । तेलको प्रशस्त खानी भएको यो देशमा नदीह छैनन् । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलमा आएको मूल्य गिरावटसँगै तेल उत्पादकमध्येको अग्रणी यो देशको धरमराएको आर्थिक अवस्था अझै तंग्रिने लयमा देखिदैन हामी नेपालीको विकल्पको रोजीरोटीको देश आफैं चरम आर्थिक संकटमा फस्दा नेपालीलगायत धेरैको रोजीरोटी गुम्ने अवस्था आएको छ । सन् २०१८ बाट यसले १९ विभिन्न पदमा विदेशी कामदार नलिने घोषणा नै गरिसकेको छ । लाखौं नेपालीका यो कर्मभूमिमा म पनि हिस्सेदार हुन पाउँदा रमाइलो अुनभव गरिरहेको छु कम्पनीले प्रस्ताव गरेको लेटर अफ इन्टरेस्टमा सहमति जनाएर म यहाँ आएको हुँ । यिनै समस्यासँग जुधिरहेको देशले हुती विद्रोहीविरुद्ध चालेको कदमले यसमाथि झनै आर्थिक बोझ थपेको छ । साउदी सरकारको नेतृत्वमा गठन भएको गठबन्धन सेनाले यमनको हुती विद्रोहीविरुद्ध संयुक्त सैन्य कारवाही जारी राखेको छ । जसको नेतृत्व साउदी अधिराजकुमार सलमानले गरेका छन् । उनै अधिराजकुमार सलमान भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि भन्दै आफ्ना प्रतिस्पर्धी राजकुमार र शक्ति केन्द्रका प्रमुखलाई गिरफ्तार गरी अहिले शक्तिमा छन् । उनले साउदी अधिराज्यको आर्थिक सम्वृद्धि र सम्पूर्ण नागरीकको रोजगारीको सुनिश्चितताको लागि ‘भिजन २०३९’ मिसनसमेत घोषणा गरेका छन् तिनै यमनी विद्रोहीहरूले हानेको मिसाइल मंगलवार अपराह् ४ बजेतिर राजधानी रियाद माथिको आकाशमा निस्तेज पारियो । उक्त मिसाइल निस्तेज पार्दा राजधानी रियाद र वरपरसम्म धमाकेदार आवाज सुनिएको थियो काममा रहेको अचानक त्यति ठूलो आवाज सुन्दा एकछिन त त्रस्त भएँ । उक्त मिसाइल राजधानीको आवास क्षेत्रतर्फ लक्षित थियो । मलाई मित्रहरूले दिएको जानकारी अनुसार बेलोबलामा हुने यस्ता मिसाइल आक्रमणलाई आकाशमा नै निस्तेज पार्ने गरिन्छ तर सम्पन्न राष्ट्र साउदी अरबको राजधानी रियादलाई नै केन्द्रबिन्दु बनाएर मिसाइल आक्रमण हुनुले थोरै सन्त्रासको वातावरण सृजना भएपनि आकाशमै मिसाइल रोकिएको कुराले मान्छेहरू साउदी सुरक्षा संयन्त्रप्रति झनै विश्वस्त हुनसकेका छन् दमाम, साउदी अरब

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?