सिरहामा बम विस्फोट, तीन घाइते १ को अवस्था चिन्ताजनक

सिरहा, ७ पुस । सिरहा जिल्ला मालपोत कार्यालयमा बम विस्फोट भएको छ सिरहा जिल्ला मालपोत कार्यालयमा बम विस्फोट हुँदा तीन जना घाइते भएका छन् । घाइते मध्ये एकको आवस्था चिन्ताजन रहेकाले थप उपचारका लागि बाहिर पठाइदैछ शुक्रबार दिउँसो १ः३० बजे भएको विस्फोटमा परि सिरहा नगरपालिका १२ सारसरका राजकुमार पासवान, रोशन कुमार पासवान घाइते भएका छन् । साथै मालपोत नजिकै तेखापढी व्यवसायी गर्दै आएका पवन पासवान भने गम्भीर घाइते भएका हुन् सिरहा वडा नं. १ का पवन पासवानको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि बाहिर पठाउने तयारी भइरहेको पासवानका परिवारजनले बताएका छन् बम विस्फोटबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?