आफूलाई कृष्ण बताउँदै बाबा गर्दै छन् बलात्कार, यो हो ‘fake’ बाबाहरुको लिस्ट

एजेन्सी । दिल्लीको रोहिणी स्थानमा बनेको ‘आध्यात्मिक विश्वविद्यालय’बाट सीबीआई टीमले ४१ जना पिडित महिलाहरुलाई त्यहाँबाट छुटाएका छन् ती पिडित महिलाहरु यूपी र छत्तीसगढबाट ल्याइएका हुन् । उनीहरु बाबा वीरेन्द्र देव दीक्षितको आश्रमा बस्दै आएका थिए यहाँबाट छुट्इएका एक पिडित महिलाले दिल्ली कमिशन फर वुमनको अगाडी भने, बाबा आफूलाई कृष्ण बताउँछन् र उसले आफ्नो १६ हजार रानीहरु रहेको बताउँदै बलात्कार गर्छन् विगत एक वर्षमा राम रहिमदेखि विरेन्द्र दीक्षितसम्म कति फर्जी बाबाहरुको पर्दाफास भएको छ । । यो वर्ष नै इलाहाबादका अखिल भारतीय अखाडा परिषदले राधे माँ समेत गरि १४ फर्जी बाबाहरुको लिस्ट जारी गरेको छ लिस्ट जारी गर्दै अखाडा परिषदको अध्यक्ष महंत नरेन्द्र गिरिले यो पनि भनेका छन् कि, यी बाबाहरुले धर्मको नाममा व्यक्तिहरुलाई गुमराह गर्दै छन् । यस्तो बाबाहरुलाई जेलमा हाल्नु पर्छ र यिनीहरुको पूरै सम्पत्ति कब्जा गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?