तस्करहरुको अनौठो धम्की, लुट्न नपाए नुवाकोट बन्द !

नुवाकोट, १ पुस– वर्षौदेखि नुवाकोटका नदीहरुमा अवैध दोहन गर्न पल्किएकाहरुको यतिबेला भने निद हराम भएको छ । स्थानीय तहको चुनावपछि आएका जनप्रतिनिधि नदीको अवैध दोहन रोक्न र आवश्यक निर्माण सामग्री उत्खननलाई व्यवस्थित गराउन लागिपरेपछि उनीहरुको निद हराम भएको छ । जिल्लाका सिडिओ, प्रहरीसम्मको सेटिङमा हुँदै आएको भनिएको यसखालको तस्करीविरुद्ध जनप्रतिनिधि उभिएपछि उनीहरुले आन्दोलनको धम्कीसमेत दिन थालेका छन् पहिला सेटिङमै आफ्नो धन्दा चलाउँदै आएका उनीहरुले अहिले जनप्रतिनिधि तगारो बनेसँगै भूकम्पपीडितलाई देखाउन थालेका छन् भूकम्पले ध्वस्त भएको वस्ती पुनःनिर्माणको क्रम धमाधम भइरहेको बेला जनप्रतिनिधिले अवरोध गरेको भन्दै उनीहरु एकोहोरो रोइलोमा लागेका हुन् स्थानीय तह निर्वाचनपछि उनीहरुको मनपरीतन्त्रलाई अंकुश लगाउँदै जनप्रतिनिधिले आवश्यक कर तोक्नुका साथै विभिन्न नियमहरु बबनाएका हुन् तर जिल्लाभित्र रहेका प्रकृतिले दिएको स्थानीय कच्चापदार्थलाई निर्वाचित जनप्रतिनिधि र स्थानीय प्रशासनले विभिन्न बहानामा प्रतिबन्ध लगाइ छिमेकी जिल्ला धादिङबाट कच्चापदार्थ आयात गरी व्यवसाय गर्न बाध्य बनाइएको उनीहरुको दाबी छ त्यसरी कच्चा पदार्थ बाहिरबाट ल्याउँदा बालुवा तथा गिट्टीको मूल्य अत्याधिक बढ्न गई त्यसको मार भूकम्पपीतिले खेप्नु परेको उनीहरुको दाबी छ बाहिरी रुपमा भूकम्प पीडितलाई देखाएपनि भित्रिरुपमा जिल्लाभित्र अवैध दोहन गर्न नपाएपछि मुर्मुरिएका उनीहरु अहिले जिल्लाभित्रको कच्चापदार्थ प्रयोग गरी व्यवसाय र सेवा दुबै गर्ने वातावरण तयार गर्न माग गर्दै हिँड्न थालेका छन् यसरी स्थानीय प्रशासनलाई नै चुनौति दिँदै हिँड्नेमा नुवाकोट बालुवा प्रशोधन व्यवसायी संघका अध्यक्ष राजकुमार थापा, उपाध्यक्ष प्रकाश राई, महासचिव कृष्ण अधिकारी लगायत रहेका छन् उनीहरु प्रशासनलाई खुलेआम चुनौति दिँदै अवैध दोहन गर्न पाउनुपर्ने भन्दै व्यक्तब्यबाजीमा हिँड्न थालेका छन् । यही क्रममा बिदूरमा दुई दिनअघि पत्रकार सम्मेलन समेत राखेका उनीहरुले नुवाकोटमा अनिश्चितकालीन वालुवा प्रशोधन व्यवसायहरु बन्द भएको घोषणा गरेका छन् यतिमात्रै होइनकी उनीहरुले माग सम्बोधन नभए चक्काजामदेखि नुवाकोट बन्दसम्म गर्ने धम्की दिएका छन् । धम्की दिनेहरुलाई प्रशासनले कारबाही गर्छ कि निरीह भएर हेरिरहन्छ त्यो भने हेर्न बाँकी छ स्मरण रहोस् विगतदेखि नै नुवाकोटमा खोला र त्रिशूली नदीमा तस्करहरुले खुलेआम दोहन गर्दै आएका थिए जसमा प्रहरी, राजनीतिक दलदेखि सिडिओसम्मको कनेक्सन हुने गरेको सार्वजनिक हुने गरेका थिए । अब यो प्रकरण कसरी टुंगोमा पुग्छ सो भने हेर्न बाँकी नै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?