११ जेष्ठ २०७९, बुधबार

समानुपातिकतर्फको अन्तिम मतपरिणाम र सिट आज सार्वजनिक गरिने

२०७४,पुष,७,शुक्रवार ०३:४७

0
Shares

काठमाडौँ, ७ पुस । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको दलहरुले प्राप्त गर्ने सिट संख्या आज सार्वजनिक गर्ने भएको छ आयोगका सचिव एवं समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत बेगेन्द्रराज शर्मा पौड्यालले राजनीतिक दलले प्राप्त गर्ने कुल सिट संख्या र समावेशी आधारमा प्राप्त गर्ने सिटको बाडँफाँड, दलले प्राप्त गर्नुपर्ने न्यूनतम मत सीमा (थ्रेसहोल्ड) निर्धारण गर्नेलगायतको काम पूरा भएकाले आज नतिजा सार्वजनिक गर्ने जानकारी दिए प्रदेश नं १ देखि ७ सम्ममा राजनीतिक दलहरुले प्राप्त गर्ने सिट अलगरुपमा तयार गर्ने काम रातभरमा पूरा गरी शुक्रबार दिउँसो बस्ने आयोगको बैठकपछि नतिजा सार्वजनिक गर्ने जानकारी दिइएको छ । राजनीतिक दललाई पठाउने पत्र र आयोगको बैठकमा पेश गर्ने प्रस्ताव तयारीमा आयोग जुटिरहेको बताएका छन् प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर १० र २१ गते भएकामा प्रत्यक्षतर्फको निर्वाचनको नतिजा भने यसअघि नै सार्वजनिक भइसकेको छ । पहिलो हुने निर्वा्चित हुने निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा १६५ र प्रदेशसभामा ३३० निर्वाचन क्षेत्रमा निर्वाचन भएको थियो उक्त निर्वाचनबाट समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा ११० र प्रदेशसभामा २२० जना जनप्रतिनिधिको चयन हुने संवैधानिक व्यवस्था छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा एक करोड पाँच लाखको हाराहारीमा मतदान भएकोमा प्रत्यक्षतर्फको तुलनामा समानुपातिकतर्फ बदर मतको संख्या निकै बढी रहेको बताइएको छ समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभामा कुल सदर मतको तीन प्रतिशत तथा प्रदेशसभा सदस्यमा प्रदेशसभातर्फ खसेको सदर मतको १.५ प्रतिशत मत प्राप्त नगर्ने राजनीतिक दलको सम्बन्धित संसद्मा प्रतिनिधित्व हुन नसक्ने कानूनी व्यवस्था रहेको छ ।

प्रकाशित मिति: २०७४,पुष,७,शुक्रवार ०३:४७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पोखरा । पोखरा महानगरका नवनिर्वाचित मेयर धनराज आचार्यले निर्वाचन आयोगको भुलका कारण अहिले धेरै मत बदर भएको र गठबन्धन शक्तिले

काठमाडौं । एक्सपोज नेपालले महिनावारी दिवसको अवसरमा काठमाडौँमा बृहत साइकल र्‍याली गर्ने भएको छ । २८ मे अर्थात् यही जेठ

लमजुङ । लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भएको २७ मेगावाटको दोर्दी जलविद्युत आयोजनाको विद्युत प्रवाह हुने प्रसारण लाइन तयार नहुँदा

काठमाडाैं । नेकपा एमाले निकट भातृ संगठनहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको देशव्यापी विरोध प्रदर्शन गरेका छन् । राष्ट्रिय युवासंघ नेपाल

ताजा समाचार