ओली सँग नजिकिन खोज्दै मोदी

काठमाडौँ, ७ पुस — भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका ‘भावी प्रधानमन्त्री’ का रूपमा हेरिएका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सरकार गठनलगत्तै भारत भ्रमणमा आउन अग्रिम निम्तो दिएका छन् । साथै उनले ओली नेतृत्वको नयाँ सरकारसँग सहकार्य गर्न आफू प्रतीक्षारत रहेको बताएको एमालेले जानकारी दिएको छ भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तीनै शीर्ष नेतासँग बिहीबार फोन–संवाद गर्दै प्रतिनिधिसभा–प्रदेशसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा बधाई दिएका थिए । मोदीले ‘अब नेपाल राजनीतिक स्थायित्वतर्फ अघि बढ्ने’ विश्वास पनि व्यक्त गरेका छन् भारतले निर्वाचन सकिएको १० दिनपछि विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा नेपालको निर्वाचन सफल भएकामा बधाई दिएको थियो । त्यस अतिरिक्त यस मामिलामा कुनै प्रतिक्रिया नजनाएको उसले एकैपटक प्रधानमन्त्री तहबाट तीनै दलका शीर्ष नेतालाई फोन गरेर राजनीतिक संक्रमण अन्त्य भई नेपाल स्थायित्वतर्फ अघि बढ्ने विश्वासव्यक्त गरेको हो वाम गठबन्धनको विजयलाई दिल्लीले नरुचाएको भारतीय सञ्चारमाध्यममा टिप्पणी आइरहेका बेला मोदीले उच्च राजनीतिक स्तरमा सम्पर्क राख्न चाहेका हुन्, कान्तिपुरमा खबर छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?