बिरामी ठग्ने अस्पताललाई कारबाही गर्न नियम अभाव

काठमाडौँ, ७ पुस-उपचारका नाममा बिरामी ठग्ने अस्पताललाई कारबाही गर्न नियम अभाव देखिएको छ । जनताले विश्वास गरेका ठूला र नाम चलेका निजी अस्पतालले बिरामीसँग गैरकानुनी रूपमा मोटो रकम असुल्ने गरेको फेला परे पनि नियम अभावमा कारबाही हुन सकेको छैन स्वास्थ्य मन्त्रालय चिकित्सा महाशाखा प्रमुख डा. भोलाराम श्रेष्ठले नियमको अभावले गर्दा बिरामी ठग्ने अस्पताललाई कारबाही गर्न नसकिएको बताए । ‘ठगी गरे भनेर कारबाही गर्ने आधार नै छैन । कसरी सरकारले त्यस्ता अस्पताललाई कारबाही गर्छ,’ मन्त्रालयका एक अधिकारीले भने बिरामीको गुनासोलाई मध्यनजर गर्दै आपूर्ति व्यवस्था विभागले गरेको अनुगमनमा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, बी एन्ड बी अस्पताल, न्युरो अस्पताल, बयोधा अस्पताललगायतले बिरामीसँग गैरकानुनी रूपमा धेरै रकम लिने गरेको पाइएको थियो । अनुगमनका क्रममा ठूला अस्पतालहरूले सरकारले तोकेको ५ प्रतिशत सेवा शुल्कको साथै थप ५ देखि १३ प्रतिशत अतिरिक्त शुल्क लिने गरेको पाइएको थियो, नयाँ पत्रिकाले खबर छापेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?