कानुनको धज्जी उडाउँदै वायुसेवा निगम

काठमाडौँ, ७ पुस- नेपाल वायुसेवा निगमका क्याप्टेन रमेशचन्द्र उपाध्यायलाई विदेशबाट जहाज उडाएर काठमाडौं अवतरण गर्नासाथ प्रहरीले पक्राउ गर्यो उनको साथबाट केहि थान नाडी घडी बरामद भयो । लगत्रै घडी तस्करीको आरोपमा निगमले उनलाई जागरिबाट बर्खास्त गर्यो यो करिव चार दशकअघिको घटना हो त्यस्तै दशकअघि क्याप्टेन कमलकृष श्रेष्ठ दुवईबाट जहाज लिएर काठमाडौं ओलर्नसाथ प्रहरी फन्दामा परे उनको साथमा केहि ग्राम सुन भेटियो । त्यसपछि तस्करीको आरोपमा उनलार्य पनि जागिरबाट बर्खास्त गरियो निगमको ऐनकानुन यथावत छ । तर त्यसवेला पाईलट र एयरहोस्टेसलाई ठाउँको ठाउँ कारबाही गर्ने निगम अहिले यस्तै प्रकृतिका घटनामा धेरै उदार देखिएको छ । आजको नागरिकले यो खबर लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?