कांग्रेसभित्र दोस्रो पुस्ताले बढायो सक्रियता

काठमाडौं, ७ पुस – संघ र प्रदेशसभा चुनावमा प्रत्यक्षतर्फ नराम्ररी पराजित कांग्रेसको दोस्रो पुस्ता पार्टीलाई गतिशील बनाउन सक्रिय भएको छ । दोस्रो पुस्ताका नेताले वर्तमान नेतृत्वले चुनावमा भोग्नुपरेको पराजयको जिम्मेवारी लिँदै नेतृत्व हस्तान्तरण गर्नुपर्नेसम्मको आवाज उठाएका छन् । संगठनलाई चुस्त पार्न उनीहरूले पार्टीभित्र शुद्धिकरण हुनुपर्नेमा जोड दिएका छन् चुनावमा भोग्नुपरेको पराजयको कारण खोज्न दोस्रो पुस्ताका नेताहरू बुधबार छलफलमा बसेका थिए । चुनाव जितेका तथा झिनो मतान्तरले पराजित नेताहरू सम्मिलित बुधबारको छलफलमा गगन थापा, चन्द्र भण्डारी, प्रदीप पौडेल, धनराज गुरुङसहित १७ जना युवा नेता सम्मिलित थिए दोस्रो पुस्ताका नेता छलफलमा जुटेको सूचना बाहिरिएपछि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवानिकट मानिने नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महर, नेपाल महिला संघकी अध्यक्ष उमा मगर, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देललगायत अर्काे समूह पनि छुट्टै भेला भएर पार्टी पराजयका कारण खोतल्न सातै प्रदेशमा रणनीतिक भेला गर्ने निष्कर्षमा पुगेका थिए चुनावको परिणाम सार्वजनिक भएसँगै गगन थापा, चन्द्र भण्डारी, धनराज गुरुङलगायत युवा नेताले पार्टी नेतृत्वको कार्यशैलीको आलोचना गरेका थिए । यो समूहले विशेष महाधिवेशन, महासमिति बैठक माग गर्दै पार्टी नेतृत्वदेखि संगठनमा आमुल परिर्वतन हुनुपर्नेमा जोड दिएका छन् । सूक्ष्म रूपमा उठेका विरोधका आवाजमा प्रकाशमान सिंहसहितका केही शीर्ष नेतासमेत उभिएपछि देउवासमूह हच्किएको छ, अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?