प्रदेशसभाको समानुपतिक नतिजा आज घोषणा

काठमाडौँ, ७ पुस – राजनीतिक दलहरूले सातवटै प्रदेशसभामा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गर्ने सिट सङ्ख्या शुक्रबार पाउने भएका छन् । आज बिहान १० बजे बस्ने निर्वाचन आयोगको बैठकले दलहरूले प्राप्त गर्ने सिट सङ्ख्या घोषणा गर्ने तयारी भएको जानकारी निर्वाचन आयोगले दिएको छ, गोरखापत्रमा छापिएको छ  निर्वाचन आयोगका सचिव एवं समानुपातिक निर्वाचन प्रणालीतर्फका निर्वाचन अधिकृत बेगेन्द्रराज शर्मा पौड्यालले समानुपातिक निर्वाचन प्रणालीतर्फ १ देखि ७ नम्बर प्रदेशसम्म दलहरूले प्राप्त गर्ने सिट सङ्ख्याको टुङ्गो लागेको बताए । उनले सातवटै प्रदेशमा कुनकुन राजनीतिक दलले डेढ (१.५) प्रतिशतभन्दा बढी मत प्राप्त गरे र कुनकुन दलले प्राप्त गर्न सकेनन्, त्यसको विवरण पनि तयार भएको जानकारी दिए प्रदेशसभामा डेढ प्रतिशत मतसीमा (थ्रेसहोल्ड) भन्दा बढी मत प्राप्त गर्ने दलले मात्रै सिट सङ्ख्या पाउने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?