२६ माघ २०७९, बिहीवार

ग्यास दुघर्टनाबाट बच्न अपनाउनुहोस् ९ सावधानी

२०७४,पुष,६,बिहीवार १६:२१

0
Shares

१. अहिले बजारमा प्लास्टिकका ग्यास पाइप प्रशस्त मात्रामा पाइन्छन् । यस्तो पाइप सस्तो हुने भएकाले धेरैले प्रयोग गर्ने गरेको पनि पाइन्छ । तर, ग्यासमा प्लास्टिकको नभई रबरको पाइप प्रयोग गर्नुपर्दछ । यो बलियो र छिटो नजल्ने हुन्छ । ग्यास पाइपलाई मुसालगायतले नकाटोस् भनी फलामको रिङले अनिवार्य रूपमा बेर्नुपर्छ र यस्तो पाइप प्रत्येक दुई वर्षमा परिवर्तन गर्न आवश्यक छ २. बजारमा गुणस्तरहीन रेगुलेटरको पनि बिगबिगी छ । त्यसैले, नेपाल गुणस्तर चिह्न अंकित रेगुलेटर मात्र प्रयोग गर्नुपर्दछ । नेपालमा सीमापारिका गुणस्तरहीन रेगुलेटर भित्रिरहेका छन् । यस्ता रेगुलेटरको बिक्रीमा सरकारले पनि बन्देज लगाउन आवश्यक छ ३. कहिल्यै पनि कुच्चिएको ग्यास सिलिन्डर प्रयोग गर्नुहुँदैन । सिलिन्डरको म्याद नाघेको छ वा छैन भन्ने विषयमा पनि धयान दिन जरुरी हुन्छ । प्रत्येक १० वर्षमा सिलिन्डरको टेस्ट गरी छाप लगाइएको हुन्छ । यस्ता कुरालाई विशेष ध्यान दिन जरुरी हुन्छ ४. ग्यास खरिद गर्दा पनि विभिन्न कुरामा ध्यान दिनुपर्दछ । विक्रेता प्रमाणीकरण गरिएको कम्पनीको आधिकारिक डिलर, डिलरका लागि स्वीकृति दिइएका र सरकारी मापदण्ड पूरा भएका ठाउँबाट मात्र ग्यास खरिद गर्नुपर्छ । सकेसम्म फायरफाइटिङ, तराजु मेसिन अनिवार्य भएको डिलरबाट ग्यास किन्दा जोखिम कम हुन्छ ५. व्यावसायिक घरानाहरूमा आवश्यक मापदण्ड बनाई त्यसअनुरूप ग्यासको प्रयोग गर्नुपर्ने हुन्छ । त्यस्ता घरानामा अत्यधिक रूपमा ग्यास खपत हुने भएकाले सम्भावित घटनालाई कम गर्नका लागि अक्सिजन र ग्यास ब्यालेन्स गरेर मात्र प्रयोग गर्नुपर्दछ ६. घरमा खाना पकाउँदा झ्याल खुला राख्नुपर्छ । ग्यास प्रयोग गर्ने मानिसले एप्रोन वा सुतीको कपडा प्रयोग गर्दा राम्रो हुन्छ ७. सधैँ भान्सामा सेफ्टी क्याप राख्नुपर्छ । ८–१० रुपैयाँमा नै बजारमा सेफ्टी क्याप पाइन्छ तर यसले सम्भावित दुर्घटनाबाट बचाउँछ । ग्यास लिकेज हुनेलगायतका समस्या आउँदा यसको भूमिका निकै ठूलो हुन्छ ८. जहिले पनि चुलो सिलिन्डरभन्दा माथि राख्नुपर्छ । कहिल्यै पनि सिलिन्डर घोप्ट्याएर ग्यास प्रयोग गर्नु हुँदैन । यसो गर्दा सिलिन्डरमा भएको लेदोले चुला टालिन सक्छ र विस्फोटसमेत हुन सक्छ ९. रेगुलेटर अफ गरिसकेपछि मात्र चुलो अफ गर्नुपर्छ । घरबाहिर निस्कँदा रेगुलेटर निकाली सेफ्टी क्याप लगाउने बानी गर्नुपर्छ | नयाँ पत्रिकाबाट

प्रकाशित मिति: २०७४,पुष,६,बिहीवार १६:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

झापा । जबरजस्ती करणी उद्योग मुद्दाका फरार प्रतिवादी गौरादह नगरपालिका–३ बस्ने ४५ वर्षीय युवराज भन्ने यामनाथ पौडेललाई मंगलबार प्रहरीले पक्राउ

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथलाई ट्राफिक व्यवस्थापनका लागि प्रयोग गरिने सामग्रीहरू हस्तान्तरण

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवैधानिक आयोगहरूको कामको प्रकृति र दक्ष जनशक्तिको निरन्तर उपलब्धताका लागि बेग्लै कर्मचारी सेवा

खोटाङ । दश स्थानीय तह रहेको खोटाङका अधिकांश बासिन्दा आफ्नो भान्छामा बाहिरबाट आयात गरिएको खाने तेल प्रयोग गर्छन् । विसं

ताजा समाचार

पाटनमा १० महिनादेखि हवाई सेवा बन्द
 २०७९,माघ,२६,बिहीवार १४:२७
भारतीय बजारका कारण मारमा उपभोक्ता
 २०७९,माघ,२६,बिहीवार १४:१४
वायु प्रदूषणको जोखिममा पोखरा
 २०७९,माघ,२६,बिहीवार १४:०१