ओलीलाई फोन गर्ने बित्तिकै देउवालाई पनि गरे मोदीले

काठमाडौँ, ६ पुस – प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गरेकामा प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज बधाई दिएका छन् भारतीय प्रधानमन्त्रीले आज प्रधानमन्त्री देउवालाई टेलिफोन गरी ऐतिहासिक निर्वाचन शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा सम्पन्न गरेकामा बधाई दिनुभएको प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए । निर्वाचनपछि छिमेकीको नाताले भारतले नेपालमा राजनीतिक स्थिरता र विकास चाहेको प्रधानमन्त्री मोदीको भनाइ थियो आजै केपी ओलीलाई पनि मोदीले फोन गरेका थिए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?