इयूबाट बेलायतकाे बहिर्गमन प्रक्रिया अन्त्यतिर, वार्ता सहमति नजिक पुगेकाे दाबी

ब्रसेल्स, ६ पुस । युरोपेली युनियन (इयू) बाट बहिर्गमनका लागि प्रक्रियाहरु अन्तिमतिर पुगेका बताइएको छ ।

यूरोपियन यूनियन र बेलायतबीच दुई हप्ताअघि भएको सम्झौता वार्ता सहमति नजिक पुगेको ईयूका प्रमुख डोनाल्ड टस्कले बताएका छन् ।

उनले बिहीबार ब्रसेल्समा भने, बेलायतले इयू र अन्य सम्बद्ध पक्षसँग वार्तालाई अघि बढाएको छ र ठीक बाटोमा यो विषय अघि बढिरहेको छ, त्यसैले समयमै बेलायतको बहिर्गमन हुनसक्ने देखिएको छ बेलायतको बहिर्गमनका लागि यसअघि युरोपेली युनियनका उच्च अधिकारीहरुसँग बेलायतका प्रधानमनत्री थेरेसा मेले वार्ता गरेकी थिइन् ।

उनले पछिल्लो समयमा यस विषयमा युरोपका विभिन्न नेताहरुसँग निकै चरणमा वार्ताहरुलाई निरन्तरता दिनुभएका समाचारहरु विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुमा आइरहेका छन् प्रधानमन्त्री मे बिहीबारै पनि पोल्याण्डको भ्रमणमा जादैछिन । उनी बिहीबार युरोपेली युनियनसँग सम्बन्धित विषयमा वार्ताका लागि त्यसतर्फ जान लाग्नुभएको समाचारमा जनाइएको छ प्रधानमन्त्री मे पछिल्लो समयमा युरोपेली युनियनबाट बेलायत बाहिरिने विषयमा युरोपका विभिन्न देशसँग वार्ता गर्दै छिन ।

पहिलेको तुलनामा सहमतिको निकै नजिक वार्ता पुगेको टस्कले बताए । सम्झौताका लागि निकै जटिल बिषयका रूपमा देखिएको आइरल्याण्डका बिषयमा पनि सहमतिको सम्भावना बढेर गएको ईयू प्रमुख टस्कले बताए ।

ब्रेक्जिटका बिषयमा आएरल्याण्डका प्रधानमन्त्री लियो वारदकरसँग इयूका तर्फबाट अध्यक्ष टस्कले पनि भेटवार्ता गरेकी थिइन । उक्त वार्ताका क्रममा पनि निकै सकारात्मक जवाफ आफूले पाएको जानकारी उनले दिए ।

बेलायतले आफू इयूको सदस्य नरहनेगरी बाहिरिने निर्णय यसअघि नै गरिसकेको छ । तर औपचारिक रुपमा बाहिरिन मात्र बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?