रामदेवले को नेपालीलाई गरे यसरी सम्मान ?

संघीय समाजवादी फोरम नेपालका नेता तथा महोत्तरीबाट प्रदेशसभा सदस्यमा निर्वाचित कौशल कुमार यादवलाई योगगुरु बाबा रामदेवले सम्मानित गरेका छन् पतञ्जलि योगपिठ जनकपुर अञ्चलको मार्गदर्शक समेत रहेका यादव बिधायकमा विजयी भई बाबा रामदेवसंग आशिर्वाद लिन हरिद्धार पुगेका थिए । पतञ्जलि योगपिठ स्थित बाबा रामदेव निवासमा उनलाई दोसल्ला ओढाई बाबा रामदेव तथा आचार्य बालकृष्णले सम्मानित गरेका थिए भेटघाटपछि बाबा रामदेवले यादवलाई जनतामा समर्पित भई देशको सेवा गर्न सुझाव दिएका थिए भारत–नेपालको सम्बन्ध रोटिबेटिको सम्बन्ध रहेको र यसलाई अझै मजबुत बनाउदै योगलाई माध्यम बनाउन बाबा रामदेवले सुझाएको हरिद्धारबाट बिधायक यादवले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?