जनमतप्रति विनम्र बन्न सक्नुपर्छ, “प्रचण्ड”

पुस ६, काठमाडौं- माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले निर्वाचनमार्फत् जनताले दिएकाे जनमतप्रति पार्टी र नेताहरु विनम्र हुनुपर्ने बताउनु भएकाे छबिहीबार दिउँसाे नेपाल देशभक्त गणतान्त्रिक मञ्चले बानेश्वरमा अायाेजना गरेकाे कार्यक्रममा बाेल्दै प्रचण्डले भन्नुभयाे, “जनताले हामीलाई निकै ठूलाे जिम्मेवारीकाे भारी बाेकाएका छन्। हाम्राे दायित्व देशमा स्थिरता र विकासकाे सपना साकार पार्नु हाे। जनमतबाट हामी अझै जिम्मेवार बन्नुपर्छ, विनम्र बन्नुपर्छ। जनमतकाे सम्मान गरेर अघि बढ्नुपर्छ।”“हामीले बामपन्थी गठबन्धन बनाएर निर्वाचन लड्यौं। जनताले बाम समीकरण र पार्टी एकतालाई अनुमाेदन गरेका छन्” अध्यक्ष प्रचण्डले भन्नुभयाे, “अब हामी इमान्दार भएर अगाडि बढ्नुपर्छ। निर्वाचनले धेरै चुनाैतिकाे समाधान दिएकाे छ। तर, केही चुनाैति देखिएका छन्। संविधान र कानूनकाे फरक व्याख्या देखिएकाे छ। यसकाे समाधान पनि जनमतअनुसार नै हुन्छ। राष्ट्रिय एकता र भाैगाेलिक अखण्डताकाे प्रावधान बाहेक अरु कुरा जनमतका अाधारमा परिमार्जन गर्न सकिन्छ।”“एकै व्यक्तिलाई यति धेरै अवसर निकै कमलाई मात्रै प्राप्त हुन्छ। मलाई त्यस्ताे अवसर प्राप्त भयाे, नेपाल राष्ट्र र नेपाली जनताप्रति म ऋणि छु” प्रचण्डले भन्नुभयाे, “पृथ्वीनारायण शाहपछि नेपालमा सबैभन्दा ठूलाे अान्दाेलन र बलिदान मेरै नेतृत्वमा प्राप्त भयाे, त्यसले गणतन्त्र, संघीयता र नयाँ संविधान दियाे। मेरै नेतृत्वमा शान्ति सम्झौता भयाे। युद्द र शान्ति दुवैकाे नेतृत्व गर्ने अवसर जनताले मलाई दिए। संविधान निर्माण र कार्यान्वयनमा पनि मैले नेतृत्वदायी भूमिका खेलें। अब नेपालकाे स्थिरता, विकास र समृद्धिकाे नेतृत्व पनि मेरै काँधमा अाएकाे छ, त्याे जिम्मेवारी पनि म पूरा गर्छु।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?