जगदम्बा सिमेन्टले ‘हाम्रो घर मोबाइल एप’ सार्वजनिक

काठमाडौं, ६ पुस । जगदम्बा सिमेन्टले ‘हाम्रो घर मोबाइल एप’ सार्वजनिक गरेको छ जगदम्बाले सार्वजनिक गरेको एप घर निर्माणसम्बन्धी काम गर्ने इन्जिनियर, कन्ट्र्याक्टरलगायत सम्पूर्ण उपभोक्ताका लागि अत्यन्तै उपयोगी हुने छ घर निर्माणको लागि चाहिने सम्पूर्ण निर्माण सामग्रीको छनोट, घर निर्माणमा गर्न लाग्ने लागत, भूकम्पप्रतिरोधी घर निर्माण प्रक्रियालगायत दैनिक उपयोगी सामाग्री यो एपमा छन् । साथै जग्गाको क्षेत्रफल निर्धारण देखि कम्पासलगायतका सेवा पनि एपले प्रदान गर्नेछ घर निर्माण सामग्रीसम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गर्न यसबाट तपाईले घर बनाउँदा सिमेन्टलगायत कस्ता निर्माण सामग्री मण्डारण गर्न आवश्यक पर्छ, त्यसको गुणस्तर हुनुपर्छए र तिनको उच्चतम प्रयोग कसरी गर्ने भन्नेबारे सम्पूर्ण जानकारी समेत प्राप्त गर्न सकिन्छ त्यस्तै, घर निर्माणका लागि लाग्ने निर्माण सामग्री तथा लागत हिसाब गर्न यसबाट तपाईंले निर्माण गर्न खोज्नुभएको घरको लम्बाइ, चौडाइ राखी सिमेन्टलगायत सम्पूर्ण निर्माण सामग्रीहरूको परिमाण थाहा पाउन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?