मलेसियामा कार्यरत कामदारहरुले १ जनवारी २०१८ देखी लेबी तिर्न नपर्ने

मलेसिया, ६ पुस । मलेसियामा कार्यरत कामदारहरु सन् २०१८ १ जनवरीदेखि लेबी तिर्न नपर्ने भएको छ । अब देअि लेबी कम्पनीले तिर्ने भएको छ सो नियम सन् २०१८ जनवरी १ देखि लागू हुने गरि मलेसियाको मानव संशाधन मन्त्रालयले जनाएको छ । मलेसियाले गरेको यो निर्णयबाट नेपाली कामदारहरु पनि प्रत्यक्ष रुपमा लाभान्वित हुने भएका छन् । नेपालीहरुको वैदेशीक रोजगारीको लागि मलेसिया पनि एउटा प्रमुख गन्तव्य हो मलेसियामा कार्यरत कामदारहरुबाट लेबी कटौती नगर्न रोजगारदाता कम्पनीहरुलाई निर्देशन दिइसकेको छ । १ जनवारी देखि लागू हुने नयाँ नियम अनुसार कामदार आफ्नो मुलुक नफर्किएसम्म रोजगारदाता पूर्ण जिम्मेवार हुनु पर्नेछ त्यस्तै, मलेसियामा कामदारको रेखदेख तथा उनीहरुको अवस्थाको मूल्यांकन गर्ने जिम्मेवारी साथै अवलोकन सम्बन्धी मापदण्ड पनि ल्याउने तयारी मलेसिया सकारले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?