छानबिनपछि ब्रिटेनका उप-प्रधानमन्त्री डेमियन ग्रीन बर्खास्त

एजेन्सी । ब्रिटेनका उपप्रधानमन्त्री डेमियन ग्रीनलाई आचारसंहिता उल्लंघनमा दोषी ठहर गर्दै बर्खास्त गरिएको छ ब्रिटेनमा प्रधानमन्त्री टरिजा मेका निकटस्थ रहेका ग्रस्नलाई आचारसंहित उल्लंघनमा दोषी मानिएपछि बर्खास्त गरिएको बताइएको छ सन् २००८ मा उनको कार्यालयको कम्प्युटरमा पाइएका अश्लिल सामग्रीबारे झुट्टो जानकारी दिएको एउटा जाँचले निष्कर्ष निकालेपछि उनी बर्खास्त भएका हुन् आफ्नै कन्जरभेटिभ दलकी एक जना महिला अभियानकर्तालाई दुर्व्यवहार गरेको दाबीबारे पनि उनी विरुद्ध अनुसन्धान भइरहेको थियो तर, ग्रीनले आफूले गल्ति नगरेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?