टिकट मात्र थन्किए कि हुलाक सेवा पनि !

काठमाडौँ, ६ पुस -हुलाकको केन्द्रीय टिकट भण्डारमा एक अर्ब ८४ करोड ११ लाख ८१ हजार रुपियाँका टिकट थन्किएका छन् सरकारबाट पटक पटक प्रकाशन भएका एक रुपियाँदेखि पाँच सय रुपियाँ दरसम्मका नौ करोड ९५ लाख ९९ हजार थान मौज्दात टिकटको मूल्य छ यति धेरै स्रोत निष्क्रिय भए पनि हुलाक सेवा अब थला बसेकै हो त भन्ने प्रश्न उठेको खबर गोरखापत्रमा छ टिकटको यो अवस्था रहे पनि हुलाकले आम उपभोक्तामा हुलाक मोह मरिसकेको छ भन्ने ठानेको छैन । विद्युतीय सूचना सञ्जालले बजार ओगटिरहेको आजको अवस्थामा हुलाकको प्रयोग पनि सुस्ताएकै हो भन्ने कुरा अधिकारी मान्न तयार छैनन् । हुलाकको अझै औचित्य छ तर सिर्जनशीलता र नयाँ कार्यक्रमहरूको खाँचो रहेको कतिपय जानकारको भनाइ छ केन्द्रीय टिकट भण्डार सुन्धाराबाट फिलाटेलिक ब्युरोले गत आर्थिक वर्षमा दुई करोड ८९ लाख रुपियाँको टिकट खरिद गरेको छ प्रथम दिवसीय हुलाक टिकटको कारोबारमा फिलाटेलिक अग्रस्थानमा छ । केन्द्रीय टिकट भण्डार सुन्धाराका व्यवस्थापक नारायणप्रसाद पौडेलका अनुसार सुन्धारास्थित गोश्वारा हुलाक, ललितपुर, मकवानपुर, पोखरा, चितवन, मोरङ र झापा अत्यधिक हुलाक टिकट प्रयोग गर्ने अग्रपङ्क्तिमा छन् । उहाँका अनुसार हुलाकलाई नयाँ तौरतरिकाबाट पुनर्जागरण गर्न जरुरी रहेको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?