१० जेष्ठ २०७९, मंगलवार

भारतीय काँग्रेसका लागि राहुल गान्धी अन्तिम आशा, होला चमत्कार ?

२०७४,पुष,५,बुधबार १६:०५

0
Shares

नयाँदिल्ली, ५ पुस – भारतीय काँग्रेसको नयाँ अध्यक्षको रूपमा केहीदिन अगाडि जिम्मेवारी सम्हालेका राहुल गान्धीलाई पार्टी सुध्रिने अन्तिम आशाका रूपमा लिइएको छ निर्वाचनमा अधिकांश ठाँउमा पराजित भएको काँग्रेसलाई उनले प्रभावकारी बनाउन सक्ने अपेक्षा गरिएको छ यसअघि १९ वर्षसम्म पार्टीको अध्यक्ष भएकी सोनिया गान्धीले गत शनिबार ४७ वर्षीय आफ्नै छोरा राहुललाई अध्यक्षको जिम्मेवारी हस्तान्तरण गरेकी हुन् । योसँगै काँग्रेसको नेतृत्व गान्धी परिवारको अर्को पुस्तामा पुगेको छ सत्तारुढ दल भारतीय जनता पार्टीले भने राहुललाई इच्छाशक्ति नभएको र प्रभावहीन व्यक्तिका रूपमा चित्रित गरेको छ “काँग्रेसले हालैको निर्वाचनमा पनि केही ठाँउमा आफ्नो प्रभाव गुमाउँदै गएको छ, त्यसलाई पुनर्जीवन दिनु उहाँको चुनौती हो,” प्राध्यापक रविन्द्र गुलातीले भने यसअघि सन् २०१४ मा भएको आम निर्वाचनमा राहुलले पार्टीको तर्फबाट गरेको चुनावी प्रचार अभियान प्रभावकारी नभएको भन्दै आलोचना भएको थियो । राहुलले सन् २०१३ देखि पार्टीको उपाध्यक्ष भएर काम गर्दै आएकामा अहिले अध्यक्ष बनाइएको हो बेलायती साम्राज्यबाट भारतलाई मुक्त गराउने स्वतन्त्रता आन्दोलनका अगुवा जबाहरलाल नेहरू परिवारको अर्को पुस्तामा पार्टीको नेतृत्व सरेको छ । नेहरू परिवारले सन् १९४७ देखि भारतमा लामो समयसम्म शासन गरेको छ ।

प्रकाशित मिति: २०७४,पुष,५,बुधबार १६:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । विश्वव्यापी महामारीको स्वरुप लिएको कोभिड–१९ नियन्त्रण गर्न भारत सफल भएको र चीन बिफल भएको अमेरिकी राष्ट्रपति जो बाइडेनले

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन हत्याको प्रयासबाट बच्न सफल भएको एक युक्रेनी सैन्य अधिकारीले दाबी गरेका छन् । रुस–युक्रेन

काठमाडौं । महामारी प्रतिबन्धको सहजतापछि सन् २०२१ मा विश्वव्यापी मृत्युदण्डमा ‘चिन्ताजनक वृद्धि’ भएको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । इरानमा सन्

काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्ने विषयमा आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्न चाहेको बताएका छन्

ताजा समाचार

देशमा गफाडीहरु जन्मिएका छन् : माधव नेपाल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५५
८ घण्टापछि पोखराको मतगणना पुन: सुरु
 २०७९,जेष्ठ,१०,मंगलवार १९:५३
नीति तथा कार्यक्रम सकारात्मक छ : भट्टराई
 २०७९,जेष्ठ,१०,मंगलवार १९:४१
बारामा नेकपा एमाले सबैभन्दा ठूलो दल
 २०७९,जेष्ठ,१०,मंगलवार १९:४०