खैरो हिरोइनसहित ७ पक्राउ

धनगढी, ५ पुस – टीकापुरस्थित इलाका प्रहरी कार्यालयले लागुऔषध खैरो हिरोइनको कारोबारमा संलग्न सातजनालाई पक्राउ गरेको छ कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक टीकाबहादुर कार्कीले उनीहरूबाट ४७ ग्राम खैरो हिरोइन बरामद गरिएको जानकारी दिए पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिकाका खगेन्द्र गिरी, वीरबहादुर चौधरी, धनगढी उपमहानगरपालिका, जुगेडा गाउँका उदय थापा, काठमाडौंका सन्तोष शाही, कर्मा शेर्पा, दीपेश स्याङ्बो तामाङ र नविन लामा तामाङ छन् काठमाडौं घर ठेगाना भएका चारजनालाई काठमाडौं प्रहरीको समन्वयमा टीकापुरबाट गएको प्रहरी टोलीले र अन्य तीनजनालाई कैलालीमै पक्राउ गरिएको हो भारतबाट लागुऔषध लिएर टीकापुरको बाटो हुँदै काठमाडौँ पठाउन खोजिरहेका उनीहरुलाई तीन दिनअघि पक्राउ गरिएको हो । पक्राउ परेका सातैजनालाई आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?