२ वर्ष लगाएर सगरमाथाको उचाइ मापन हुने !

काठमाडौँ, ५ पुस – नेपालले पहिलोपटक आफ्नै खर्चमा दुई वर्ष लगाएर सगरमाथाको उचाइ मापन गर्ने भएको छ । यसभन्दा पहिले छिमेकी मुलुक भारत र चीनका विभिन्न कम्पनीले सगरमाथाको उचाइ मापन गरेपनि नेपालले सरकारीस्तरबाट पहिलोपटक मापन गर्न लागेको हो । सगरमाथाको आधिकारिक उचाइ सर्वे अफ इण्डियाको १९५४ को मापन आठ हजार ८४८ मिटरलाई मान्दै आएको छ । नापी विभागले आज पत्रकार सम्मेलन गरी १२ वटा बिन्दु बनाएर सगरमाथाको मापन गर्न लागेको जानकारी दियो । सम्मेलनमा विभागका महानिर्देशक गणेशप्रसाद भट्टले सगरमाथाको उचाइ मापनका लागि समुद्र सतहदेखि गर्नुपर्ने भएकाले समुद्रदेखि भारतीय भू–भाग भारत र चिनियाँ भू–भागका लागि चीन सरकारलाई मापन गर्न अनुरोध गर्ने बताए । विभागले सगरमाथाको उचाइ मापन गर्न बनाइएको कार्यविधिलाई अन्तिम रुप दिन यही मंसिर २५ र २६ गते अन्तर्राष्ट्रिय गोष्ठीको आयोजनासमेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?