पोषण पुनःस्थापना गृहमा मासिक कुपोषणका १० देखि १५ बच्चा

गगन अयडीकैलाली, ३ पुस । कैलालीको धनगढीस्थित सेती अञ्चल अस्पतालको पोषण पुर्नस्थापना गृहमा अझै पनि मासिक रुपमा १० देखि १५ जना कुपोषण भएका बच्चाहरु भर्ना हुने गरेको पाइएको छ बच्चा जन्मेपछि उचित खानपान, सरसफाईलगायत उनीहरुको स्वास्थ्यमा ध्यान पु¥याउन नसक्दा बच्चाहरुमा हुने कुपोषण अझै कम हुन नसकेको हो । गरिबीको समस्या भएका परिवारका बालबालिकासँगै आर्थिक अवस्था राम्रै भएका परिवारका बच्चाहरु कुपोषणका सिकार हुने गरेको पाइएको छ आर्थिक अवस्था मजबुद भएर पनि बच्चाहरुको हेरचाह भन्दा कामलाई प्राथमिकता दिने कारणले सम्पन्न र मध्यम आयस्तर भएकाको परिवारमा जन्मिएका बच्चाहरुमा समेत कुपोषण हुने गरेको पाइएको छ सेती अञ्चल अस्पतालको पोषण पुर्नस्थापना गृहमा अहिले कुपोषणका सिकार भएका यस्तै बालबालिकाहरु भर्ना भएका छन् । यहाँ मासिक १० देखि १५ जनासम्म कुपोषणबाट प्रभावित बच्चाहरुको पोषणका लागि भर्ना भइरहेको सेती अञ्चल अस्पताल पोषण पुनःस्थापना गृहका अनमी प्रेमा चौधरीले जानकारी दिइन् पुनःस्थापना गृहमा कैलालीसहित ७ नम्बर प्रदेशका विभिन्न जिल्लाका कुपोषित बालवालिकाहरु पोषणका लागि भर्ना हुने गरेका छन् । कुपोषणको सिकार भएका बच्चाहरुका लागि सेवा प्रदान गर्ने उद्देश्यले २०६५ सालमा स्थापना भएको पोषण गृहमा भर्ना हुने बालबालिकाको संख्यामा अझै कमी आउन सकेको छैन गृहले कुपोषित वालवालिकालाई सामान्य कुपोषित, मध्यम कुपोषित र बढी कुपोषित गरेर तीन चरणमा छुट्याएर उपचार गर्ने गर्दै आएको छ । उपचार गराउन आउने बच्चाहरुका आमाले आफ्नो कामको व्यस्थताका कारण यस्तो समस्या भोगिरहेको बताएका छन् सामान्य खालका कुपोषित बालबालिका एक महिनामै स्वस्थ, हृष्टपुष्ठ हुने भएपनि जटिल खालका बच्चाको उपचारमा लामो समय लाग्ने गरेको छ केन्द्रमा १ महिनासम्म कुपोषणबाट प्रभावित बच्चाहरुलाई पोषणयुक्त खाना दिनको चारपटक खुवाउनुका साथै बच्चाहरुको सरसफाई, बच्चाको स्वाथ्यको ध्यान दिनपर्ने कुराहरु सिकाउने पोषण पुनःस्थापना गृहका अनमी चौधरीले बताइन् कुपोषणले भविष्यमा बच्चालाई ठूलो असर गर्ने भएकाले यसबाट बच्न बच्चाको खानपानमा विशेष ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीहरुको सुझाव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?