कर प्रणालीमा फेरबलबारे अमेरिकी सिनेटमा छलफल हुँदै

एजेन्सी । अमेरिकामा तीन दशकभन्दा लामो समयपछि अमेरिकाको रिपब्लिकन नियन्त्रित संसदले त्यहाँको कर प्रणालीमा फेरबदल गर्ने ठानिएको छ अमेरिकामो कर प्रणालीमा उल्लेख्य सुधार ल्याउने भनिएको उक्त विधेयक त्यहाँको तल्लो सदनले पारित गरेपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्नो पहिलो महत्वपूर्ण विधायकी उपलब्धी हासिल गर्न लागेको रुपमा हेरिएको छ । त्यस्तैरिपब्लिकनहरुले कर प्रणालीमा हुने परिवर्तनले मध्यम वर्गाीयहरुलाई ठूलो मद्दत पुग्ने बताइएको छ तर डेमोक्र्याट्हरुले भने यो धनीहरुलाई लक्षित गर्दै फेरबदल गर्न लागिएको टिप्पणी गरेका छन् मंगलबारको तल्लो सदनमा भएको मतदानमा २२७ जनाले नयाँ कर प्रणालीको पक्षमा मतदान गरेका थिए । १२ रिपब्लिकनहरु र सबै डेमोक्र्याट सदस्यहरुले भने त्यसको विपक्षमा बोलेका थिए तर, राष्ट्रपति ट्रम्पले यो विधेयकलाई देशका लागि क्रिसमसको उपहार भनी व्याख्या गरिरहेका छन् डेमोक्र्याट सांसद बारबरा लिले नयाँ कर कटौतीले तल्लो र मध्यम वर्गीय परिवारका लागि मर्का पर्ने भन्दै विधेयकको आलोचना गरेकी छन् यो विधेयकले ठूलठूला व्यापारिक कम्पनीहरुले तिर्दै आएको करको दर ३५बाट २१ प्रतिशतसम्म स्थायी रुपमा कटौती गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?