दश नयाँ सहर विकासका लागि प्रक्रिया सुरु

काठमाडौं, ५ पुस – सरकारले हुलाकी राजमार्ग वरिपरि दश नयाँ सहरको विकास गर्ने योजनालाई अगाडि बढाएको छ । सहरी विकास मन्त्रालय अन्तर्गतको नयाँ सहर आयोजनाले हुलाकी राजमार्ग वरिपरि नयाँ सहर विकासका लागि परामर्शदाता नियुक्तिको प्रक्रिया थालेको जानकारी सो आयोजनाका निर्देशक पराग कायस्थले दिए सरकारले सडक विकासमार्फत कृषि, व्यापार, उद्योग र पर्यटनको विकास गरी तराई मधेसको जनताको जीवनस्तर उकास्ने उद्देश्यसहित निर्माण गर्न लागिएको हुलाकी राजमार्गमा नयाँ दस सहरको विकास गर्न लागेको हो उनका अनुसार छ वटा परामर्शदाताका लागि आवेदन आह्वान गरिएकोमा ४९ वटा आवेदन परेको र आर्थिक र प्राविधिक आधारमा सो आवेदनहरुको छनोट प्रक्रिया भइरहेको छ । पुस १४ गतेसम्म परामर्शदाता छनोट भई फागुन पहिलो सातादेखि एकीकृत विकास योजना निर्माण सुरु हुने जानकारी उनले जानकारी दिए । मङ्सिर २ गते परामर्शदाताका लागि आवेदन आह्वान गरिएको थियो छनोट भएका परामर्शदाताले छ महिनाभित्र एकीकृत विकास योजनाको तर्जुमा गरी प्रतिवेदन बुझाउने छन् र सो प्रतिवेदन मन्त्रालयबाट स्वीकृत गराएर नयाँ सहर विकास कार्यलाई अगाडि बढाइने जानकारी उनले जानकारी दिए । यो आयोजनाका लागि चालु आर्थिक वर्षमा एक करोड ८६ लाख रुपियाँ विनियोजन गरिएको खबर गोरखापत्रमा छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?