वामपन्थीको सरकार आउन लाग्दा नेपाललाई झट्का, भारतले ल्यायो यस्तो प्रस्ताव

काठमाडौं, ३ पुस । नेपालमा सरकार गठनमा ढिलाई भइरहेका बेला यही पुष ५ र ६ गते बस्ने भनिएको नेपाल–भारत उर्जा सचिव स्तरीय बैंठक स्थगित भएको छ भारतले यो बैठकबाट नेपाललाई दिँदै आएको बिजुलीको मूल्य बढाउने तयारी गरिरहेको छ । नेपाललाई लिएको बिजुलीको मूल्य बढाउनेसम्बन्धी अनौपचारिक जानकारी भारतले ऊर्जा मन्त्रालयका अधिकारीलाई दिइसकेको छ चुनाव सकिएर नयाँ सरकार नबनेको अवस्थामा बैठक स्थगित भएको हो । नयाँ सरकार नबनेसम्म बिजुलीको मूल्य बढाउने वा नबढाउने भन्ने निर्णय उचित नहुने भन्दै अहिलेलाई बैठक नै स्थगित गरिएको ऊर्जा मन्त्रालय स्रोतको भनाई छ बैठक तत्काललाई स्थगित गर्न नेपालले गरेको आग्रहमा भारतले सहमत भएको हो । भारतले स्पष्ट शब्दमा अहिलेको मूल्यमा नेपाललाई बिजुली दिन नसक्ने बताएको छ उर्जा मन्त्रालयले भने अबको दुई महिनासम्म पुरानै सम्झौता अनुसार बिजुली उपलब्ध गराउन आग्रह गरेको छ । ऊर्जा सचिव स्तरीय बैठक वर्षमा एकपटक बस्दै आएको छ भने सहसचिव स्तरीय बैठक वर्षमा दुई पटकसम्म बस्ने गर्छ नेपालमा निर्वाचन भएर वामपन्थीको नेतृत्वमा नयाँ सरकार निर्माणको प्रक्रियामा रहेका बेला भारतबाट यो प्रस्ताव आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?