‘कास्ट लिडर बाट मास लिडर’ हार्दिकले गुजरात चुनावपछि के गर्लान ?

प्रधानमन्त्री नरेन्द्र मोदीको ‘गुजरात मोडल’ बारे भारतमा राष्ट्रिय स्तरबाट बहत भयो, तर यसमाथि चुनौती पनि गुजरातबाट नै आएको छ २४ वर्षीय हार्दिक पटेलले चुनाव नलडीकन नै गुजरात विधानसभा निर्वाचनमा यस्तो चुनौति दिए कि उनका बारेमा मिडियाले मात्रै नभई मोदीले नजरअन्दाज गर्न नसक्ने अवस्था आएको छ यद्यपि यो चुनावमा हार्दिक पटेलको पाटीदार आन्दोलन समितिले काँग्रेसलाई समर्थन गरेको थियो । दुवैबीच काँग्रेसले जितेमा पटेल समुदायलाई आरक्षण दिने सहमति भएको थियो तर नतिजाले पुनः भाजपा सत्तामा आएको छ र काँग्रेस अब ५ वर्षका लागि प्रतिपक्षमै सीमित रहने भएको छ । यस्तो अवस्थामा अब हार्दिक पटेलले के गर्लान भन्ने बहस सुरु भएको छ भारतका वरिष्ठ पत्रकार सन्जिव श्रीवास्तब काँग्रेसले जितको भए हार्दिक ठूलो नेताको रुपमा स्थापित हुने बताउँछन् उनी भन्छन्, ‘अब हार्दिकका सामु ठूलो नेता हुने हो भने एक्लै अघि बढ्ने नीति छाड्नुपर्छ र काँग्रेसमा मिल्नुपर्छ । काँग्रेसमा प्रवेश गरेमा उनको कद केही सानो त होला तर काँग्रेस र हार्दिक मिलेर मजबुत जोडी बन्नेछ ।’तर गुजरातका पत्रकार आरके मिश्रको भनाई भने फरक रहेको छ । उनी भन्छन्, ‘काँग्रेसले जितेको भए हार्दिकका लागि फाइदा हुने थिएन । काँग्रेसले जितेको भए एक प्रकारले पटेल पनि सत्तामा आउथे र काँग्रेसले पटेललाई आरक्षण दिने नीति लागु नगरेको अवस्थामा समर्थन कायम राख्न कठिन हुन्थ्यो । अब आन्दोलनलाई केही फरक पर्दैन किनकी उनीहरुले भाजपाविरुद्ध नै आन्दोलन गरेका थिए र भाजपा फेरि सत्तामा आएपछि उही अवस्थाको सिर्जना भएको छ ।’नवयुगका सम्पादक अजय उमठ भन्छन्, ‘यो चुनावमा काँग्रेसलाई हार्दिकले सहयोग गरेका थिए र भाजपाको गुजरात मोडललाई चुनौती पनि उनले नै दिएका थिए । उनले यो विकास ‘बेरोजगार’ अर्थात ‘जबलेस’ हो भन्ने बहसलाई माथि उठाए र हीरा व्यापारी र कपडा व्यापारीको मृद्दा उठाए हार्दिकले भनेका थिए, ‘यो सरकार सुन्दैन, यो अहंकारी सरकारलाई हटाउँ ।’ तर उनकै समर्थन पाएका ठूला काँग्रेस नेता पनि पराजित भएका छन् । हार्दिकले आफ्नो आरक्षणको आन्दोलन जारी राख्ने र व्यापारी तथा किसानका लागि पनि आन्दोलन गरिरहने बताएका छन्, यसबाट उनी ‘कास्ट लिडरबाट मास लिडर’ को रुपमा स्थापित हुन खोज्दैछन् भन्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?