आन्दोलन रोक्न रबरका गोली नहान्न आयो यस्तो खतरनाक सुझाव

काठमाडौं, ४ पुस । नेपालसहित विश्वभर नै आन्दोलनकारीलाई तितरवितर पार्न र हटाउनका लागि रबरका गोली प्रयोग हुने गरेका छन् आन्दोलनमा प्रहरीले चलाउने यस्ता गोली लागेर केही घाइते समेत हुने गरेका छन् । तर यसको परिणाम के हुन्छ भन्ने आँकलन भने कमैले मात्र गरेका छन् एउटा अन्तर्राष्ट्रिय अध्ययनले रबरका गोलीले घातक परिणाम निम्त्याउन सक्ने भन्दै भीड नियन्त्रणका नाममा रबरका गोली प्रयोग गर्न नहुने निश्कर्ष निकालेको छ अनुसन्धानकर्ताहरुले यसबारे तत्कालै अन्तराष्ट्रिय तहको मापदण्ड ल्याउन सुझाव दिएका हुन् ‘ब्रिटिस मेडिकल जर्नल’ मा छापिएको अनुसन्धानले तीन दशकसम्म विभिन्न देशहरुमा भएका घटनाका प्रमाणसहित अध्ययन गरेको थियो । सो अध्ययनबाट रबर वा प्लास्टिकको गोली लागेमामध्ये तीन प्रतिशतको मृत्यु भएको पाइएको छ भने १५ प्रतिशत व्यक्तिहरु स्थायी रुपमा अशक्त बन्ने गरेको पाइएको छ भीड नियन्त्रणका अरु विधि जस्तै अश्रु ग्यास, पानीको फोहराको प्रयोग लगायतले पनि गम्भीर चोट पटक लगाउन सक्ने भन्दै अनुसन्धानकर्ताहरुले अन्तर्राष्ट्रिय मापदण्ड तय गरिनुपर्ने निष्कर्ष निकालेका छन् खासमा रबरका गोली प्रहार प्रदर्शनकारीलाई तितरबितर पार्न प्रयोग गरिने गैरघातक विधि मान्ने गरिँदै आएको छ । बेलायतले विकास गरेको यो विधि सबैभन्दा पहिले सन् १९७० को दशकमा नर्दन आयरल्यान्डमा प्रयोग गरिएको थियो भारत, टर्की, इजरायल र प्यालेस्टाइनका वैज्ञानिक प्रतिवेदनहरुको अनुसन्धानले रबर वा प्लास्टिकका गोलीका कारण चोटपटक लागेका मध्ये तीन प्रतिशतको मृत्यु भएको देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?