म्यादीको बिदाइ ७ पुसमा

काठमाडौं, ४ पुस-प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नियुक्ति गरिएका म्यादी प्रहरी ७ पुसमा घर फर्किने भएका छन् । प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि सरकारले ९८ हजार ३ सय ६८ जना म्यादी प्रहरीमा भर्ना गरेको थियो । निर्वाचन सुरक्षाका लािग भर्ना गरिएका म्यादी प्रहरीको म्याद ७ पुसमा सकिने भएकाले सो दिनबाट सबै म्यादीको बिदाइ हुने भएको हो ७ पुसमा ५५ दिन पुग्ने भएकाले त्यस दिनसम्मको रासन भत्ता दिएर बिदा गर्ने तयारी भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?