को–को छन्, प्रदेश प्रमुखका आकांक्षी ?

काठमाडौँ, ४ पुस – सरकारले मुख्य गरि प्रदेश प्रमुखका लागि गृहकार्य गर्दा प्रदेश मुकाम तोक्न ढिलाइ भएको बताएको छ । अहिले सरकारले प्रदेश प्रमुखका लागि गृहकार्य गरिरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघिको मन्त्रिपरिषद बैठकमा राजनीतिक पृष्ठभूमी नभएका, समाजका प्रतिष्ठित व्यक्तिलाई प्रदेश प्रमुखमा नियुत्त गरिने बताएका थिए, नयाँ पत्रिकामा खबर छ स्रोतका अनुसार सरकारले एक प्रदेशका लागि कम्तिमा ३ जनाको नाममा छलफल गरिरहेको छ । तर कसैको नाम पनि टुंगो नलागेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । स्रोतका अनुसार प्रदेश प्रमुख बन्नका लागि पूर्व प्रशासक र विषय विज्ञहरुको नाम छलफलमा छ । त्यसमध्ये केही पूर्व प्रशासकहरुले भने प्रदेश प्रमुख बनाइदिन लविङ गरिरहेको प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले जनाएको छ प्रदेश प्रमुखका लागि अहिलेसम्म छलफलमा रहेका पूर्व प्रशासक र विषय विज्ञहरुमा शिक्षा विद् केदारभत्त माथेमा, पूर्व प्रमुख निर्वाचन आयुत्त भोजराज पोखरेल, पूर्व कार्यबहाक प्रमुख निर्वाचन आयुत्त दोलखबहादुर गुरुङ, पूर्व सचिव तथा पूर्व मन्त्री विद्याधर मल्लिक, पूर्व मुख्य सचिवहरु दामोदर गौतम, भोजराज घिमिरे, तिर्थमान शाक्य, विमल कोइराला छन् । यस्तै पूर्व सचिवहरु माधव रेग्मी, शान्ताराज सुवेदी, शान्तबहादुर श्रेष्ठ, विश्वप्रकाश पण्डित, कृष्ण ज्ञवाली, भोला सिवाकोटीले पनि आफुलाई प्रदेश प्रमुख बनाउन लविङ गरेको स्रोतको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?