समानुपातिक मतपरिणामलाई केन्द्रिकृत गरिँदै

काठमाडौँ, ४ पुस – निर्वाचन आयोगमा रहेको समानुपातिक निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभाको १६५ र प्रदेशसभाको ३३० वटै निर्वाचन क्षेत्रको मतपरिणामलाई एकमुष्टरुपमा केन्द्रीकृत गर्ने कार्य गरिरहेको छ प्रतिनिधिसभाको मतपरिणामलाई एक ठाउँमा र सातवटा प्रदेशका सातवटै ठाउँमा एकीकृत गरी ती तथ्याङ्कहरुलाई रुजु गर्ने कार्य जारी रहेको र केही दिनभित्रै दलहरुले प्राप्त गर्ने सिटको बाँडबाँड गरिने आयोगले जनाएको छ प्रतिनिधि सभाको १६५ निर्वाचन र प्रदेशसभाको ३३० वटै निर्वाचन क्षेत्रका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतले हस्ताक्षर गरेको लिखित आधिकारिक कागजातका आधारमा मतपरिणामलाई केन्द्रीय स्तरमा एकमुष्ट बनाउने कार्य भइरहेको छ प्रतिनिधिसभातर्फ ४९ राजनीतिक दलले समानुपातिकतर्फ उम्मेदवारहरुको बन्दसूची आयोगमा बुझाएका छन् । त्यसैगरी, प्रदेशसभातर्फ ५३ वटा राजनीतिक दलले उम्मेदवारहरुको बन्दसूची बुझाएका छन् सबै निर्वाचन क्षेत्रबाट प्राप्त मत परिणामलाई रुजु गर्ने कार्य सकेपछि प्रतिनिधिसभातर्फ तीन प्रतिशत वा सोभन्दा माथि मत प्राप्त गर्ने र त्योभन्दा घटी मत प्राप्त गर्ने दलको सूची तयार गरिने छ । तीन प्रतिशतभन्दा कम मत प्राप्त गर्ने दलहरुको सूचीलाई एकातिर राखी तीन प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने दलको सिट बाँडफाँड प्रक्रिया अगाडि बढाइने जानकारी आयोगले दिएको छ, गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?