वन्यजन्तुको पनि डीएनए परीक्षण सुरु

ललितपुर, ४ पुस – नेपालमा वन्यजन्तुको डीएनए परीक्षण सुरु गरिएको छ । खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले यसको परीक्षण सुरु गरेको छ । एउटै प्रयोगशालामा मानव तथा वन्यजन्तुको डीएनए परीक्षण गर्ने दक्षिण एसियामै यो पहिलो प्रयोगशाला बनेको छ । भारत र पाकिस्तानमा वन्यजन्तुको डीएनए परीक्षण गर्ने गरिए पनि त्यहाँ मानव तथा वन्यजन्तुको डीएनए एउटै प्रयोगशालामा हुने गरेको छैन राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका कार्यकारी निर्देशक जीवनप्रसाद रिजालले वन्यजन्तुको डीएनए परीक्षण गर्न निकै कठिन हुने गरेको बताउँदै हालसम्म प्राप्त भएका नमुनाको परीक्षण गर्दा सबैमा सफलता हात परेको दावी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?