सप्तारीमा समानुपातिक तर्फ राजपा पहिलो, काँग्रेस दोस्रो

सप्तरी, ३ पुस । सप्तरी जिल्लामा हालै सम्पन्न मतगणनाअनुसार समानुपातिकतर्फ राजपा पार्टी पहिलो र नेपाली काँग्रेसले दोस्रो स्थानमा प्राप्त गरेको छ जिल्ला मुख्य निर्वाचन कार्यालयले सार्वजनिक गरेको अन्तिम मत परिणामअनुसार जिल्लामा प्रतिनिधि र प्रदेशसभा दुबैतर्फ राष्ट्रिय जनता पार्टी नेपाल पहिलो पार्टी बनेको छ राजपाले प्रतिनिधिसभातर्फ ४७ हजार ५ सय ९९ र प्रदेशसभातर्फ ४२ हजार ६०० मत प्राप्त गरेका छन् । यस्तै नेपाली काँग्रेस दोस्रो दल बनेको छ । काँग्रेसले प्रतिनिधिसभातर्फ ४५ हजार ३ सय १ र प्रदेशसभातर्फ ३८ हजार ७ सय ३३ मत प्राप्त गरेको बताइएको छ संघीय समाजवादी फोरम नेपाल भने प्रतिनिधिसभातर्फ ३२ हजार ४ सय ९० र प्रदेशसभातर्फ ३० हजार २ सय ३८ मत प्राप्त गरी संघीय फोरम तेस्रो दल बनेको छ त्यस्तै प्रतिनिधिसभातर्फ ३० हजार ५ सय २५ मत प्राप्त गरी नेकपा (एमाले) चौथो पार्टी बनेको छ । प्रदेशसभातर्फ २८ हजार ९० मत प्राप्त गरेका छन् यसैगरी नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधिसभातर्फ १८ हजार ८ सय २० र प्रदेशसभातर्फ १६ हजार ५७ मत प्राप्त गरेको मुख्य निर्वाचन कार्यालयले जनाएको छ त्यस्तै नयाँ शक्ति पार्टीले दुई हजार ७ सय १९ र राप्रपा (प्रजातान्त्रिक)ले दुई हजार १ सय ९७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत हरिश्चन्द्र ढुंगानाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?