सुरक्षा परिषदमा अमेरिकाले गरेको निर्णय बारेमा छलफल हुने

जकार्ता, ३ पुुस । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदमा जेरुसेलमलाई राजधानी मान्ने भनी अमेरिकाले गरेको निर्णयको बारेमा छलफल हुने भएको छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसेलमलाई इजरायलको राजधानीका रूपमा मान्यता दिने भनी गर्नुभएको निर्णयका विरुद्धमा विश्वका इस्लाम समुदायका नागरिकले विरोध प्रदर्शन गरिरहेका बेला यस विषयमा राष्ट्रसंघमा कुराकानी हुने भएको समाचारमा जनाइएको छ मध्यपूर्वका लागि संयुक्त राष्ट्रसंघका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधि निकोली माल्देनोभोले सो विषयमा ब्रिफिङ गरेको बताइएको छ गएको डिसेम्बर ६ मा अमेरिकी ट्रम्प प्रशासनले उक्त निर्णय गरेको थियो । तर इजरायललाई मान्यता दिने भनी गरिएको यस निर्णयको भने विश्वका इस्लाम नागरिकले विरोध गरेका छन् उक्त निर्णयका विरुद्धमा अमेरिकाका विरुद्धमा विश्वका विभिन्न देशमा प्रदर्शन जारी रहेको बताइएको छ । यसैक्रममा आइतबार मात्र इन्डोनेसियाको राजधानी जकार्तामा गरिएको अमेरिका विरुद्धको प्रदर्शनमा दशौँ हजार मुस्लिम नागरिकको सहभागिता रहेको समाचारमा जनाइएको छ प्यालेस्टिनीहरूले स्वतन्त्र राज्य मागगर्दै लामो समयदेखि सङ्घर्षरत इस्लामिक हमास समूहद्वारा उक्त निर्णयका विरुद्धमा आन्दोलन गर्न आह्वान पनि भएको थियो । यो विरोधको क्रम अझै रोकिएको छैन जकार्ताबाट प्राप्त एक समाचारमा यहाँको प्रदर्शनमा कम्तीमा पनि ८० हजार नागरिकको सहभागिता रहेको छ । उनीहरुलाई यहाँबाट हटाउन सक्ने अवस्था नरहेको जकार्ता प्रहरीको भनाई छ राष्ट्रपति ट्रम्पको उक्त निर्णयको विरोधमार्फत जेरुसेलमको स्वतन्त्रतालाई जोगाउन उनीहरुले आह्वान गरेका थिए । उता इजरायली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुले भने अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशंसा गर्दै उहाँले जेरुसलेमको इतिहासको सम्मान गरेको बताए अरब र मुसलमान बहुल देशका विभिन्न सहरहरुमा गत हप्तादेखि नै प्रदर्शनहरु भएका छन् । लेबनानका अतिरिक्त इजिप्टको काइरो, मोरक्कोको रबातमा पनि आइतबार विरोध प्रदर्शन भएका समाचारहरु प्राप्त भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?