अब यसरी बनाइँदैछ बूढीगण्डकी

३ पुस – सरकारले स्वदेशी लगानीमा निर्माण गर्न लागिएको राष्ट्रिय गौरवको आयोजना बुढिगण्डकी जलविद्युत आयोजना निर्माणको लागि आवश्यक वित्तिय स्रोत पनि जुटाएको छ बुढिगण्डकी जलविद्युत आयोजना निर्माण सम्बन्धमा लगानीको खाकार तयार पार्न गठित समितिले आयोजना निर्माणका लागि आवश्यक वित्तिय स्रोतको खाकासहितको प्रतिवेदन तयार पारी सोमबार सरकारलाई बुझाएको हो स्वदेशी लगानीमै सम्पन्न गर्न पर्याप्त हुने गरी वित्तिय स्रोतको खाका तयार पारिएको समितिका संयोजक एवम् राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले जानकारी दिए प्रतिवेदनमा यो आयोजना निर्माणका लागि एक वर्ष भित्रै करिव २ सय ७० देखि ३ सय ६७ अरव लगानी गर्न सक्ने क्षेत्रहरुको पहिचान गरिएको छ । समितिका संयोजक वाग्लेले बुढिगण्डकी जलविद्युत आयोजना निर्माणका लागि स्वदेशी लगानी जुटाउने पर्याप्त आधार रहेको पनि स्पष्ट पारे समितिले यो आयोजना निर्माणका लागि लगानी गर्न कार्वन टयाक्सलाई मुख्य स्रोतको रुपमा लिएको छ । त्यसैगरी नेपाल विद्युत प्राधिकरण, कर्मचारी संचय कोष, नागरिक लगानी कोष, नेपाल टेलिकम, राष्ट्रिय विमा संस्थान तथा अन्य विमा कम्पनीहरु, जलविद्युत लगानी तथा विकास कम्पनी, नेपाली सेना र नेपाल प्रहरीको कल्याणकारी कोषसमेत यो आयोजना निर्माणका लागि लगानी गर्न सक्षम रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?