रुसमा आतंकवादी हमला रोक्न अमेरिकी गुप्तचर एजेन्सी सीआईएको सहयोग

मस्को, ३ पुस । रुसी सञ्चारमाध्यमहरुले अमेरिकी गुप्तचर एजेन्सी सीआईएले रुसमा आतंकवादी हमला रोक्न सहयोग पुगेको जनाएका छन् सीआईएले रुसी सुरक्षा निकायलाई दिएको सूचनाको आधारमा सेन्ट पिटर्सबर्गस्थित प्रमुख चर्चमा हमलाको योजना असफल पारेको हो अघिकारीहरुले शनिबार रुसको पिटर्सबर्गमा ठूलो हमलाको तयारी भएको जनाएको छ । क्रेमलिनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले टेलिफोन गरेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सहयोगका लागि धन्यवाद दिएको जनाएको छ रुसी समाचार एजेन्सी इन्टरफेक्सका अनुसार पुटिनले अमेरिकाबारेका कुनै यस्तै प्रकारका सूचना प्राप्त भएमा पनि जानकारी गराउने प्रतिबद्धता जनाएका छन् रुसी सुरक्षा सेवा एफएसबीले एक विज्ञप्तिमा इस्लामिक स्टेट (आईएस) का सात सदस्यलाई हिरासतमा लिएको जनाएको थियो । उनीहरुको साथबाट विस्फोटक पदार्थ, हतियार र चरमपन्थी साहित्य बरामद गरेको थियो सो समूहले शनिबार धार्मिक स्थलमा आत्मघाती हमला गरेर नागरिकको हत्याको योजना बनाएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?