गुजरातमा भाजपा बहुमततर्फ, हिमाञ्चलमा काँग्रेस सत्ता खोसिदै

गुजरात, ३ पुस । भारतको गुजरात र हिमाञ्चल प्रदेशको विधानसभाको मतगणना जारी रहेको छ गुजरातमा सुरुवाती अवस्थालाई हेर्दा भाजपा सरकार गठनका लागि बहुमत ल्याउने अवस्थामा देखिएको छ ताजा परिणामअनुसार भाजपाले १ सय ५ सिटमा अग्रता बनाएको छ भने भारतीय काँग्रेस ७६ सिटमा अग्रता बनाउन सफल भएको छ काँग्रेसलाई गुजरातमा पाटीदार आन्दोलनका नेता हार्दिक पटेलको समेत समर्थन रहेको छ यस्तै हिमाञ्चल प्रदेशको मतपरिणाअनुसार भाजपा नै अघि देखिएको छ । हिमाञ्चलका ४० सिटमा भाजपा अघि देखिएको छ भने काँग्रेसले २१ सिटमा मात्रै अघि छ गुजरातमा प्रधानमन्त्री नरेन्द्र मोदीको प्रतिष्ठाको लडाई रहेको छ भने भर्खरै काँग्रेस अध्यक्ष बनेका राहुल गान्धीका लागि पनि यो अग्नीपरीक्षाको रुपमा हेरिएको छ मतसर्वेक्षण अनुसार पनि यहाँ भाजपाले जित्ने अनुमान गरिएको छ भने पाटीदार आन्दोलनको साथ पाएको काँग्रेस पनि २२ वर्षपछि भाजपालाई कडा टक्कर दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?