देउवालाई ओली–प्रचण्डको सन्देश : सरकार गठनका लागि छिटो मार्गप्रशस्त गर

काठमाडौँ, ३ पुस- वाम गठबन्धनका प्रमुख नेता केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले ताजा जनादेशको सम्मान गर्दै नयाँ सरकार गठनका लागि छिटो मार्गप्रशस्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन्, नयाँ पत्रिकाले खबर छापेको छ पार्टी एकता संयोजन समितिका तर्फबाट आइतबार संयुक्त पत्रकार सम्मेलन गर्दै ओली र प्रचण्डले कामचलाउ प्रधानमन्त्रीको हैसियतमा नियुक्ति, सरुवा–बढुवालगायतमा हात हालेर असंवैधानिक काम नगर्न तथा बखेडा झिकेर सत्ता लम्ब्याउने खेलमा नलाग्न देउवालाई सचेत गराए दुवै नेताले गठबन्धन सरकार र पार्टी एकता राजनीतिक स्थायित्व र समृद्धिका लागि भएको दोहो¥याउँदै निर्वाचन आयोगले परिणाम सार्वजनिक गरेलगत्तै संविधानअनुसार नयाँ सरकार गठन प्रक्रिया सुरु हुनेसमेत स्पष्ट पारे । निकट भविष्यमै पार्टी एकताले पूर्णता पाउने उनीहरूले बताए पत्रकार सम्मेलनमा एमाले वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, महासचिव रामबहादुर थापा बादललगायतका नेताहरू सहभागी थिए । निर्वाचन आयोगले आइतबार समानुपातिकतर्फको मतगणना सम्पन्न गरेलगत्तै गठबन्धनले पत्रकार सम्मेलनमार्फत संयुक्त सन्देश सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?