२०७४, ३ पुष सोमवार ०१:३६

नेपालको चुनावबारे विदेशी मिडिया : चीन वाम गठबन्धनलाई पैसा दिएको चर्चा


प्रकाशित मिति : २०७४, ३ पुष सोमवार ०१:३६

वाम गठबन्धनको चुनावी जितलाई अन्तर्राष्ट्रिय मिडियाले चीनको विजयका रुपमा चित्रित गरेका छन्। अधिकांश मिडियाले नेपालमा अब बन्ने वाम सरकारको माध्यमबाट चिनियाँ वर्चस्वको अझै तीव्र विस्तार हुने जिकिर गरेका छन्। लोकतान्त्रिक स्थायित्व र आर्थिक समृद्धिको नारा दिएर स्पष्ट बहुमत पाएको एमाले-माओवादी गठबन्धनप्रति उनीहरुको आशा र आशंका दुवै प्रकट छ‘द इकोनोमिस्ट’ म्यागजिनले समाचार टिप्पणीको शीर्षक नै ‘द माउन्टेन्स् अफ् माओ’ दिएको छ। शनिबारको अंकमा इकोनोमिस्ट लेख्छ, ‘एमाले र माओवादी केन्द्रले केन्द्रीय सरकारमात्रै होइन, सातमध्ये छ प्रदेशका सरकारमा पनि नियन्त्रण गर्ने देखिएको छ। १६५ संघीय सिटमध्ये ७० प्रतिशत उनीहरुले पाउँदैगर्दा कांग्रेसलाई १४ प्रतिशतमात्रै पर्ने देखिन्छ।’ भारतसँग खुला सिमानाको लाभ नेपालले पाउँदैआए पनि अब बन्ने कम्युनिस्ट सरकार चीनमैत्री हुने उसको विश्लेषण छ। अनि भारतसँग निर्भर रहँदै आएको नेपाललाई हिमालयपारि चीनसँगको रेलवे, सडक आयोजना सम्झौताले चिनियाँ राजनीतिक व्यवस्थाप्रति रुझान पनि बढाउन सक्ने आकलन गरेको छ‘द न्युयोर्क टाइम्स’ मा डिसेम्बर १५ तारिख प्रकाशित समाचारमा नेपाली वामपन्थीको विजयलाई छिमेकी चीनसँग निकटस्थहरुको विजयका रुपमा व्याख्या गरिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले पाएको पराजयका कारण अब नेपालको विदेश नीतिमा असर पर्न सक्ने उसको तर्क छ। भारतीय म्यागजिन ‘इन्डिया टुडे’को पछिल्लो अंकमा थोमस बेल लेख्छन्, ‘यो चुनाव यसकारण ऐतिहासिक छ, सात वर्षको कष्टप्रद संविधान निर्माण प्रक्रिया टुंगिएपछि संघीय गणतान्त्रिक संविधान अब कार्यान्वयन प्रक्रियामा गएको छ।’एमाले अध्यक्ष केपी ओलीलाई कुनै बेला भारतसँग घनिष्ट नेताका रुपमा चर्चा गर्दै इन्डिया टुडेले उनको पछिल्लो राष्ट्रवादी छविलाई बेइजिङतिर झुकाव राख्ने विचार भनी जिकिर गरेको छ। वाम गठबन्धनलाई चीनले नैतिक समर्थनमात्रै होइन, पैसासमेत दिएको हुन सक्ने चर्चा चल्ने गरेको इन्डिया टुडेको भनाई छ, अनि लोकतान्त्रिक गठबन्धनलाई चाहिँ भारतले त्यही प्रकारको सहयोग गरेको हुन सक्छ। त्यसका लागि पत्रिकाले कुनै स्रोतको हवाला भने दिएको छैनयसअघि वासिङ्टन पोस्टले ‘नेपालको चुनावमा भारत कि चीन विजयी बन्लान्’ भनी उत्तेजक शीर्षक दिएर समाचार लेखेको थियो। नेपाली सामाजिक सञ्जाल प्रयोगकर्ताले व्यापक विरोध जनाएपछि शीर्षक फेर्दै उसले लेख्यो, ‘नेपालको चुनावलाई चीन र भारतले ध्यानपूर्वक हेरिरहेका छन्।’ वासिङ्टन पोस्टले पनि लोकतान्त्रिक गठबन्धनलाई भारतीय सहानुभूति पाएको, वाम गठबन्धनलाई चिनियाँ सहानुभूति पाएको शक्तिका रुपमा चित्रित गर्न चाह्यो, अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस