आयल निगमले सर्वसाधारणका लागि ६ अर्बको सेयर जारी गर्ने

काठमाडौँ, ३ पुस- नेपाल आयल निगमले सर्वसाधारणका लागि ६ अर्ब रूपैयाँ बराबरको सेयर जारी गर्ने भएको छचुक्ता पूँजी वृद्धिको क्रममा रहेको निगमले सर्वसाधारणबाट उक्त रकम जुटाउन लागेको हो। हाल निगमको चुक्ता पूँजी २९ करोड रुपैयाँ छचुक्ता पूँजी वृद्धि गरेर २० अर्ब रुपैयाँ पुर्‍याइने निगमले जनाएको छ। निगमका अनुसार पूँजी वृद्धिका लागि सेयर जारी गर्ने सम्बन्धमा अर्थ मन्त्रालयमा छलफल भइसकेको आजको कान्तिपुरले खबर छापेको छ |

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?