जब प्लास्टिकको झोलामा नवजात शिशुको शव भेटियो

नुवाकोट, २ पुस – विदुर नगरपालिका–८ बगुवा खोला किनारमा प्लास्टिकको झोलामा नवजात शिशु (बालक) को शव भेट्टिएको छ आज अपराह्न खोला किनारमा प्लास्टिकको झोलामा पोको पारेर फालिएको अवस्थामा शिशुको शव भेट्टिएको प्रहरीले जनाएको छ स्थानीयबासीले खोला किनारमा भेट्टाएको प्लास्टिकको झोला फोहोर पदार्थ ठानेर अन्यत्र फ्याक्ने क्रममा मृत बच्चा देखेपछि खबर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए जिल्ला अस्पताल त्रिशूलीका चिकित्सकका अनुसार भेट्टिएको शिशु २४ घण्टा अघि जन्मेको र त्यसलगत्तै झोलामा पोको पारेर फ्याकिएकाले मृत्यु भएको पाइएको छ । शव परीक्षणको लागि जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ भने शव फ्याक्ने व्यक्तिको खोजी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?