२०७४, २ पुष आईतवार १५:०२

‘हजार प्लस रोचक वैज्ञानिक तथ्य’ सार्वजनिक


प्रकाशित मिति : २०७४, २ पुष आईतवार १५:०२

काठमाडौँ, २ पुस – लेखक ज्ञानमित्रद्वारा लिखित पुस्तक ‘हजार प्लस रोचक वैज्ञानिक तथ्य’ आज यहाँ सार्वजनिक भएको छ युवा नेता अनिल शर्मा, शिक्षासेवी प्रमिला सिंह र छ वर्षको उमेरमा सवारी साधन चलाएर रेकर्ड बनाएका आवश्यक सिंहले उक्त पुस्तक सार्वजनिक गर्नुभएको हो एनके सिंह मेमोरियल इपिएस स्कुलकी प्राचार्य प्रमिला सिंहले मधुमेहदेखि हृदय, पृथ्वीदेखि चट्याङ, आँखादेखि कोषिकासम्मका बारेमा जानकारी दिइएकाले उक्त पुस्तकबाट जोकोहीले विशेष ज्ञान प्राप्त गर्न सक्ने बताउनुभयो । पुस्तक क्वान्टम बुक हाउसले प्रकाशन गरेको हो सोही स्कुलकी छात्रा स्मृति सिलवालले पुस्तक विज्ञान र वैज्ञानिक विषयमा रुचि राख्ने सबैका लागि उपयोगी भएको बताउँदै पुस्तकमा पृथ्वी र मानव शरीरका विभिन्न विषयमा रोचक जानकारी दिइएको जनाउनुभयो लेखक ज्ञानमित्रले ‘पपुलर साइन्स’का बारेमा आफ्नो रुचि रहेको र त्यससँग सम्बन्धित केही विषयलाई आफूले विभिन्न स्रोतबाट संकलन गरी प्रस्तुत पुस्तक तयार गरेको जानकारी दिनुभयो पत्रकारिता र साहित्यमा अच्युतम् भट्टराईका नामबाट लामो समय काम गरी पछिल्लो समय सन्यासी बनेका ज्ञानमित्र यस प्रकारको बैज्ञानिक प्रकाशनका क्षेत्रमा पनि आउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस