सुरक्षा परिषद्मा जेरुसलेमबारे गरिएका निर्णय खारेजीको प्रस्ताव

न्युयोर्क, २ पुस । राष्ट्रसंघको सुरक्षा परिषद्मा एकतर्फी रुपमा जेरुसलेमको हैसियतबारे गरिएका निर्णय खारेज गर्नुपर्ने माग सहितको एउटा मस्यौदा प्रस्ताव दर्ता भएको छ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेरुसलेमलाई इजरेलको राजधानीको रुपमा मान्यता दिने घोषणा गरेपछि इजिप्टले यो प्रस्ताव राष्ट्रसंघमा प्रस्ताव गरेको हो लामो समयदेखिको अमेरिकी नीति उल्टाउँदै गरिएको सो घोषणाको व्यापक रुपमा अन्तर्राष्ट्रिय क्षेत्रमा विरोध र आलोचना भएको थियो सो मस्यौदा प्रस्तावले सदस्य राष्ट्रहरुलाई जेरुसलेममा दूतावास नखोल्न अनुरोध गर्नुका साथै एकतर्फी रुपमा जेरुसलेमको हैसियतबारे लिइएका निर्णयले कानूनी मान्यता नपाउने र त्यो खारेज हुनुपर्ने माग गरेको छ यसै महिनाको सुरुमा राष्ट्रपति ट्रम्पले जेरुसलेमलाई इजरेलको राजधानीको मान्यता दिएपछि त्यसको अन्तर्राष्ट्रिय स्तरबाट आलोचना भएको थियो भने त्यसले मध्यपूर्वमा व्यापक आक्रोश निम्त्याएको थियो त्यसपछि अरब देशहरुका विदेशमन्त्रीहरुले सुरक्षा परिषदमा प्रस्ताव लैजाने निर्णय गरेका थिए यसैबीच प्यालेस्टाइनको फाटा आन्दोलनले अमेरिकी उपराष्ट्रपति माइक पेन्सको अर्को साता हुने जरुसलेम भ्रमणको विरोधमा प्रदर्शन गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?