अष्ट्रेलियामा पक्राउ परेकामाथि ‘उत्तर कोरियाली एजेन्ट’ को आरोपमा मुद्दा

सिड्नी, २ पुस । अस्ट्रेलियाको सिड्नीमा एकजना पुरुषलाई उत्तर कोरियाका लागि ‘एजेन्ट’ को काम गरेको आरोपमा पक्राउ गरिएको अष्ट्रेलियाको संघीय प्रहरीले जनाएको छ चान हान च्वेमाथि देशबाट हतियारको अवैधानिक निर्यात गर्न दलाली गरेको र आम विध्वंश मच्चाउने हतियार उपलब्ध गराउनेबारे छलफल गरेको आरोपमा पक्राउ गरिएको हो प्रहरीले ५९ वर्षीय च्वेले संयुक्त राष्ट्रसंघीय र अष्ट्रेलियाली प्रतिबन्ध तोडेको आरोप पनि लगाएको छ । अष्ट्रेलियाको सन् १९९५ को आम विध्वंश मच्चाउने हतियार सम्बन्धी कानून अन्तर्गत मुद्दा लगाइएको यो पहिलोपटक हो प्रहरीले चान उत्तर कोरियाली उच्च अधिकारीसँग सम्पर्कमा रहेको प्रमाण भएको बताएको छ । चानमाथि उत्तर कोरियाली शासकका लागि आय आर्जन गर्न उत्तर कोरियाको हतियार कार्यक्रम सम्बन्धी सेवा र ब्यालिष्टिक क्षेप्यास्त्र प्रविधि लगायतका विशेष सेवा विदेशी निकायलाई बेच्न दलालको भूमिका खेलेको आरोप लगाइएको छ आइतवार पत्रकार सम्मेलनमा चान तीस वर्षदेखि अष्ट्रेलियामा बस्दै आएका अष्ट्रेलियाली अंगिकृत नागरिक भएको प्रहरीले पुष्टी गरेको थियो प्रहरीले चानको गतिविधिले अष्ट्रेलियालीहरु प्रत्यक्ष खतरामा नपारेको बताएको छ । उनको धरौती अस्वीकार गरिएको छ भने आरोप पुष्टि भएमा दश वर्षसम्मको जेल सजाय पाउन सक्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?