टाउको दुख्ने समस्या र समाधानका उपाय

एजेन्सी । वृद्धावस्थामा यदा–कदा टाउको दुख्ने समस्याले पनि पिरोल्ने गरेको पाइन्छ । विशेष गरी मानसिक तनावको कारण मस्तिष्कका स्नायु–तन्तुहरूमा पर्न जाने अनावश्यक दवाव, संक्रामक रोगहरूले आक्रन्त पारेको स्थिति र जीर्ण रोगीहरूमा बेला–बेलामा टाउको चड्कीने, कन्चेको दुवै तिर घोचे जस्तै गरी सिर्का हानेर दुख्ने, शिरको माथिल्लो भाग बेस्सरी दुख्ने र थाप्लो रन्की रहने आदी समस्याले सताउने गर्दछ, जसको परिणाम स्वरुप रोगीले मानसिक सन्तुलन नै गुमाउने अवस्था उत्पन्न हुने गर्दछ समाधानको उपाय – सर्वप्रथम् टाउको दुख्नुको मुल कारण पत्ता लगाएर सो को निवारण गर्नु अपरिहार्य छ, त्यसको लागी सम्बन्धित विशेषज्ञ चिकित्सकको राय–सल्लाह लिईनु जरुरी हुन्छ – कब्जीयत रहने गरेको छ भने खानामा कब्जीयत निवारक भोज्य पदार्थहरू जस्तै– कनिका सहितको चामल, चोकर सहितको पिठोको ढिडो वा रोटी, हरिया सागपातका तरकारी र साथमा सलाद मूला, गाँजर, प्याज, टमाटर, बन्दाकोभी र हरिया धनिया इत्यादीको खाने गर्नु वेश हुन्छ – जीर्ण कब्जीयत भएमा हप्ता–दस दिनसम्म दिनहुँ बिहान एनीमा लिने गर्नु पर्दछ र पछि अर्थात् दिसा खुलस्त हुन थालेपछि एनीमा लिने आवश्यक्ता नै पर्दैन – टाउको चड्कीएर दुखेको अवस्थामा थाप्लोमा केही बेर चिसो पानी ठोकेर पछि सुख्खा कपडाले तालुमा ठिक्क कसेर बाँध्ने गर्दा तत्कालै केही आराम भएको आभास पाईन्छ – एकनासै टाउको दुखिरहेको स्थितिमा दुबै हातको कुईनाभन्दा माथि रुमालले कसेर बाँध्ने र मुठ्ठी पार्ने, त्यसपछि दुवै गोडाको कुर्कुच्चा र दुवै हात एकै चोटी माथि उठाएर टाउकोलाई २–३ पटक दायाँ–वायाँ झड्का दिनाले तुरुन्तै राहत पाईएको महसुस हुन्छ। यदी टाउको एक पाखामा मात्र दुख्ने गरेको छ भने दुख्ने तर्फको हातमामात्र बाँधेर ८–१४ मिनेट भित्र गरि सक्नु पर्दछ– टाउको दुखिरहेको अवस्थामा रोगीलाई शितल र शान्त कोठामा आराम गराउनु पर्दछ, तर दिनको समयमा निदाउने गरि नसुत्नु नै वेश हुन्छ– खानामा रोगीको प्रकृति अनुकुल भोजनको व्यवस्था मिलाइनु अत्यावश्यक छ, जसबाट व्यथा विशेक पार्न पनि सघाउ पुग्ने गर्दछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?