जेरुसलेमबारे गरिएको निर्णय खारेजीको माग गर्दै सुरक्षा परिषद्मा मस्यौदा प्रस्ताव

एजेन्सी । राष्ट्रसंघको सुरक्षा परिषद्मा एकतर्फी रुपमा जेरुसलेमको हैसियतबारे गरिएका निर्णय खारेजीको माग सहितको मस्यौदा प्रस्ताव गरेको छ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले जेरुसलेमलाई इजरेलको राजधानीको रुपमा मान्यता दिने घोषणा गरेपछि इजिप्टले खारेजी गर्नुपर्ने प्रस्ताव गरेको हो विगत लामो समयदेखि अमेरिकी नीति परिवर्तन गर्दै गरिएको उक्त घोषणाले व्यापक रुपमा अन्तर्राष्ट्रिय तहबाट नै आलोचना खेपेको थियो यसैबीच प्यालेस्टाइनको फाटा आन्दोलनले अमेरिकी उपराष्ट्रपति माइक पेन्सको अर्को साता हुने जरुसलेम भ्रमणको विरोधमा प्रदर्शनहरु गर्ने निर्णय समेत गरेको छ त्यस्तै, उक्त मस्यौदा प्रस्तावले सदस्य राष्ट्रहरुलाई जेरुसलेममा दूतावास नखोल्न अनुरोध गर्नुका साथै एकतर्फी रुपमा जेरुसलेमको हैसियतबारे लिइएका निर्णयले कानूनी मान्यता नपाउने र त्यो खारेज हुनुपर्ने माग गरेको छ साथै, यसै महिनाको सुरुमा राष्ट्रपति ट्रम्पले जेरुसलेमलाई इजरेलको राजधानीको मान्यता दिएपछि त्यसको अन्तर्राष्ट्रिय स्तरबाट आलोचना भएको थियो भने त्यसले मध्यपूर्वमा व्यापक आक्रोश निम्त्याएको थियो त्यसपछि अरब देशहरुका विदेशमन्त्रीहरुले सुरक्षा परिषदमा प्रस्ताव लैजाने निर्णय गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?