सिटीको लगातार १६ औं जितको कीर्तिमान, चेल्सीद्वारा साउथह्याम्पटन पराजित

काठमाडौं, २ पुस । म्यान्चेस्टर सिटीले एकै सिजनमा लगातार १६ औं जितको कीर्तिमान बनाएको छ शनिबारराति भएको खेलमा टोटनह्यामलाई ४–१ ले हराएको सिटीले प्रिमियर लिगको एकै सिजमा लगातार १६ जित निकालेको हो । यसअघि चेल्सीले गत सिजनमा लगातार १३ औं जित दर्ता गरेको थियो खेलमा सिटीलाई विजयी गराउन रहिम स्टर्लिङले दुई गोल गरे भने ईके गुन्डोगान र केभिन डे ब्रायनले १–१ गोल गर्दा टोटनह्यामका क्रिश्चियन एरिक्सनले सान्त्वना गोल फर्काएका थिए जितसँगै म्यान्चेस्टर सिटीले तालिकाको शीर्ष स्थानको अग्रता १४ अंकमा पु¥याएको छ प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले साउथह्याम्पटनलाई १–० ले हराउँदा आर्सनलले न्यूकासल युनाईटेडलाई १–० ले नै हरायो यसैगरी क्रिष्टल प्यालेसले लेष्टर सिटीलाई उसैको मैदानमा ३–० ले हरायो भने वेष्टह्याम युनाईटेडले स्टोक सिटीलाई ३–० ले तथा हडर्सफिल्ड टाउनले वाट्फोर्डलाई ४–१ ले स्तब्ध पार्यो शनिबाररातिकै अर्को खेलमा बर्नली र ब्राईटनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् शनिबाररातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा १८ खेलबाट ५२ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा रहेको छ भने एक खेल कम खेलेको म्यान्चेस्टर युनाईटेड ३८ अंकसहित दोस्रो स्थानमा छ १८ खेलबाट ३८ अंक जोडेको चेल्सी गोल अन्तरका आधारमा तेस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?